लण्डनको हिलिङडन अस्पतालमा ‘नेपाल डे’ सम्पन्न

डिसी नेपाल
१५ फागुन २०७८ १७:५०

लन्डन । बेलायतको पश्चिम लन्डनमा रहेको हिलिङडन अस्पतालले शुक्रबार भव्य रूपमा ‘नेपाल डे’ मनाएको छ । दिउँसो १२ बजे अस्पतालको चमेनागृहमा नेपालको राष्ट्रिय गान बजाएर शुरू गरिएको कार्यक्रममा करिब सय जनाको उपस्थिति थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै हिलिङडन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुख रहेकी ड्यानी कार्यस्निनोजले नेपालीहरूको सकृयतामा भव्य कार्यक्रम भएकोमा अस्पताल ट्रष्टको तर्फबाट धेरै धेरै धन्यबाद एवं खुशी व्यक्त गरिन् ।

कार्यक्रमलाई सफल पार्न गठन गरिएको हिलिङडन अस्पतालमा कार्यरत नेपालीहरूको हिलिङडन हस्पिटल नेपाली ग्रुपका सदस्यहरूले नेपाली कला र संस्कृति झल्कउने पहिरनमा उपस्थित थिए । कार्यक्रम स्थलमा नेपाली कला र पहिचान बोकेका सामाग्रीहरूले सजाइएको थियो।

कार्यक्रममा नेपाली लोकगीतमा विभिन्न जातीगत पहिचानका पोशाक लगाएर नृत्य प्रस्तुत गरिएको थियो भने खानामा नेपाली परिकार राखिएको थियो । समारोहमा हिलिङडन हस्पिटल रेडियाका प्रमुख लोकगीतमा विभिन्न जातीगत पहिचानका पोशाक लगाएर नृत्य प्रस्तुत गरिएको थियो भने खानामा नेपाली परिकार राखिएको थियो ।

समारोहमा हिलिङडन हस्पिटल रेडियाका प्रमुख स्टिभ हिकम्यान, खानपान व्यवस्थापनका प्रमुख आन बर्न र चमेनागृहका प्रबन्धक डेभिड ब्लाकम्यान लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन हिलिङडन हस्पिटल नेपाली समुहका सदस्य मणी तामाङले, अतिथीहरूको व्यवस्थापन एवं संचारमा अन्जना गुरूङ, नेपाली संगीतमा नृत्य व्यवस्थापनमा याम गुरूङ , नेपाली कला संस्कृती झल्काउने सामाग्री प्रदर्शनिको व्यवस्थापनमा लीला भण्डारी र यायायात एवं कार्यक्रम स्थलको व्यवस्थापनमा रोशन श्रेष्ठले गरेका थिए ।

कार्यक्रम पछि बेलायतबाट प्रसारित बिएसबिएफ गोर्खा रेडियोले अस्पताल व्यवस्थापनका सदस्यहरूसगं संक्षिप्त कुराकानी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *