रुसी राष्ट्रपति पुटिनको ‘न्यूक्लियर अलर्ट’, आखिर त्यही भयो जे हुनसक्ने नेटोलाई डर थियो

डिसी नेपाल
१६ फागुन २०७८ १०:४१
8.7k
Shares

काठमाडौं। रुसले आफ्नो न्यूक्लियर फोर्सलाई अलर्टमा राख्नुलाई राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रोश र पश्चिमी देशहरुले लगाएको प्रतिबन्धप्रति उनको असन्तुष्टिको रुपमा हेरिएको छ । साथमा यसलाई उनको त्यो चिन्ताको असरको रुपमा पनि हेरिएको छ कि उनको देशलाई नेटोबाट खतरा छ । उनको पछिल्लो कदमले कहीँ न कहीँ पश्चिमी देशहरुको ध्यान तानेको छ ।

युक्रेनमा जुन किसिमको सैन्य कारवाही भएको छ नेटोका सैन्य योजनाकारहरुलाई यही कुराको डर थियो । यही कारण नेटो गठबन्धनले बारम्बार दोहोर्याउँदै भनेको थियो कि यदि रुसले आक्रमण गर्यो भने नेटो देशहरुले युक्रेनलाई सहयोग गर्नको लागि आफ्ना सेनालाई लठाउँमा पठाउने छैनन् । यद्यपि रुसको योजना अब विफल भइरहेको देखिएको छ । लडाइँको चौथो दिन रुसले युक्रेनको कुनै पनि सहरमा कब्जा गर्न सकेन । अर्कोतर्फ यो पनि मानिएको छ कि रुसले भारी नोक्सानी उठाउनु परेको छ ।

यस कारणले रुसको बेचैनी अझै बढेको छ र यसको लागि बेलारुस सीमामा हुने वार्तालाई स्वीकार गर्न उसलाई कठिन भइरहेको छ जबकि यही बाटो युक्रेन र रुस दुवैको लागि ठिक छ । रुसको तर्फबाट जारी भएको न्यूक्लियर आक्रमणको चेतावनी पश्चिमी देशहरुलाई पछाडि हट्नको लागि एक इशारा हो ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले यदि रुसले युक्रेनमाथि परमाणु हतियारको प्रयोग गर्यो भने यो संसारको लागि एक विपद् हुने बताएका छन् । उनले दावी गरेका छन् ‘तर यसले हामीलाई तोड्न सक्ने छैन ।’ उनको बयान रुसी राष्ट्रपति पुटिनको त्यो आदेशपछि आएको हो जुन आदेशमा पुटिनले न्यूक्लियर फोर्सलाई ‘स्पेसल अलर्ट’मा रहन भनेका थिए ।

एक पत्रकार सम्मेलनमा कुलेबाले भने ‘राष्ट्रपति पुटिनको यो आदेश त्यतिबेला आएको छ जब दुवै देशका प्रतिनिधिमण्डल वार्ताका लागि भेट्न तयार भएका छन् । हामी यो घोषणा वा यो आदेशलाई युक्रेनी प्रतिनिधिमण्डलमाथि अतिरिक्त दबाब बनाउने कोसिसको रुपमा हेरिरहेका छौं ।’ उनले युक्रेनले कुनै पनि किसिमको दबाबमा हार नमान्ने बताए ।

राष्ट्रपति पुटिनले न्यूक्लियर फोर्सलाई स्पेसल अलर्टमा रहन आदेश दिएपछि अमेरिकाले प्रश्न उठाएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले रुसलाई कुनै पनि स्थितिमा नेटोबाट खतरा नभएको बताएकी छिन् । पुटिनले नेटो नेताहरुमाथि उनीहरुले रुसविरुद्ध भड्काउ बयान दिन छुट दिएको आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *