पश्चिमा देशले लगाएको प्रतिबन्धको रुसमा व्यापक असर देखिन थाल्यो

डिसी नेपाल
१६ फागुन २०७८ १०:४८
3.2k
Shares

काठमाडौं। पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका कडा प्रतिबन्धहरूको असर देखिन थालेको छ।

अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ३० प्रतिशतले गिरावट आएको छ।

युरोको मूल्यमा एक प्रतिशतले गिरावट आएको छ भने तेलको मूल्यमा पनि वृद्धि भएको छ।

रुसमा एटीएमबाहिर मानिसहरूको ठूल्ठूला लाइन देखिएका छन्। नगद झिक्न सरकारले सीमा तोक्न सक्ने मानिसहरूमा डर छ।

युरोपमा रुसी स्वामित्वका ब्याङ्कहरूले काम गर्न बन्द गरिसकेका छन्।

रुसको केन्द्रीय ब्याङ्कमाथि लगाइएको प्रतिबन्धका कारण करिब ६३० अर्ब डलर विदेशी मुद्रा सञ्चितिलाई उसले प्रयोग गर्न पाउँदैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *