रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति

डिसी नेपाल
१६ फागुन २०७८ १२:१०
2.4k
Shares

किभ। रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ। विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभनजिक क्षति पुर्‍याएकाे युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् । पाँचौ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन्।

रुसको गोलाबारीपछि एएन–२२५ मिरियामा क्षति पुगेको थियो । युक्रेनको एरोनेटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन–२२५ मिरियामा विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज बताइन्छ ।रुसी सेनाको गोलाबारीपछि किभबाहिर रहेको हस्टोमेल एयरपोर्टबाहिर सो जहाज जलेको थियो।

‘विश्वकै ठूलो मिरिया ‘द ड्रिम’ लाई रुसी अतिक्रमणकारीहरुले किभ नजिकैको मैदानमा आक्रमण गरेका छन् । हामीले फेरि जहाज बनाउनेछौं । हामी बलियो, स्वतन्त्र र लोकतान्त्रिक युक्रेनको हाम्रो सपना पूरा गर्नेछौं,’ देशको एउटा आधिकारिक ट्विटर ह्यान्डलमा ट्विट गरिएको छ।

ट्विटसँगै युक्रेननको ट्विट ह्यान्डलमा एउटा तस्विर र क्याप्सन पोस्ट गरिएको छ । क्याप्सनमा लेखिएको छ, ‘उनीहरुले हाम्रो सबैभन्दा ठूलो जहाज जलाएका छन, तर हाम्रो मिरिया कहिल्यै विनाश हुनेछैन्। ’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *