युक्रेनमा युद्ध अपराधबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गर्ने

डिसी नेपाल
१७ फागुन २०७८ १०:२०
44
Shares

काठमाडौ । द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अभियोजनकर्ताले युक्रेनमा आरोपित युद्ध अपराधबारे छिट्टै अनुसन्धान थाल्ने आफ्नो योजना रहेको बताएका छन्।

युद्ध अपराध र मानवता विरुद्धको अपराध भएको कुरा विश्वास गर्ने तार्किक आधारहरू रहेको अभियोजनकर्ता करिम खानले बताए।

त्यस्ता कतिपय घटना रुसले शुरूमा सन् २०१४ मा गरेको अतिक्रमणका बेलाको भएको उनले बताएका छन्।

अभियोजनकर्ताले अनुसन्धान शुरू गर्नुअघि आईसीसीका न्यायाधीशहरूले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ।

तत्कालका लागि प्रमाणहरू सङ्कलन गर्न अभियोजनकर्ता करिम खानले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *