माइक्रोसफ्टका सीइओ सत्या नडेलाका छोराको २६ वर्षको अल्पायुमै निधन

डिसी नेपाल
१७ फागुन २०७८ १२:३९

काठमाडौं। माइक्रोसफ्ट कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सत्या नडेलाको २६ वर्षको अल्पायुमै निधन भएको छ । २६ वर्षीय जैन नडेलाको सोमबार निधन भएको हो । जैन नडेला सेरेब्रल पाल्सी रोगबाट पीडित थिए । मायक्रोसफ्टले आफ्ना कार्यकारी स्टाफलाई एक इमेलमार्फत यसको जानकारी दिएको छ ।

सत्या नडेला २०१४ देखि माइक्रोसफ्टका सीइओ छन् । उनका छोराको उपचार चिल्ड्रेन्स हस्पिटलमा भइरहेको थियो । जैनको निधनपछि अस्पतालका सीइओ जेफ स्पेरिङले बोर्डको तर्फबाट एक सन्देशमा भनेका छन् ‘जैनलाई संगीत मन पराउने रुपमा स्मरण गरिनेछ । उनको शानदार मुस्कानबाट उनलाई माया गर्नेहरुले खुसी प्राप्त गर्थे ।’

माइक्रोसफ्टले आफ्ना सबै कार्यकारी स्टाफलाई इमेलमार्फत यो घटनाबारे जानकारी दिँदै भनेको छ ‘सबैले शोक सन्तप्त परिवारको लागि प्रार्थना गरिदिनुहोला र यसबाट बाहिर निस्किनको लागि निजता र खुला ठाउँ दिनुहोला ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *