इरानका सर्वोच्च नेता खमेनइले भने – ‘आजको युक्रेन भोलिको अफगानिस्तान हो’

डिसी नेपाल
१७ फागुन २०७८ १५:४१
4.4k
Shares

काठमाडौं। इरानका सर्वोच्च नेता अयातुल्लाह अली खमेनइले युक्रेन अमेरिकाले उत्पन्न गराएको संकटको शिकार भएको बताएका छन् । उनले आफ्नो देश इरानले युक्रेनमा युद्धको समाप्तिको समर्थन गर्ने बताउँदै भने ‘यो संघर्षको जराको बारेमा सबैले स्वीकार गर्नै पर्छ ।’

खमेनइको सम्बोधन टेलिभिजनमा प्रसारण भएको थियो । यो भाषणमा उनले भने ‘युक्रेनको संकटले यो देखाएको छ कि अमेरिकामाथि विश्वास गर्न सकिँदैन ।’ परमाणु सम्झौताका विषयमा अमेरिका र इरानबीच लामो समयदेखि गतिरोध चलिरहेको छ । यो गतिरोध डोनाल्ड ट्रम्पको कार्यकालमा सुरु भएको थियो जतिबेला अमेरिकाले परमाणु सम्झौता रद्द गरिदिएको थियो । त्यसपछि दुई देशबीच कैयौं चरणमा वार्ता भएको छ तर सहमति हुन सकेको छैन ।

युक्रेन संकटका विषयमा खमेनइले भने ‘युक्रेन अहिले जहाँ छ उसलाई अमेरिकाले घिसारेर त्यहाँ ल्याएको हो । युक्रेनको आन्तरिक मामिलामा दखल दिएर, त्यहाँ रंगमा आधारित क्रान्ति उत्पन्न गरेर, एउटा सरकार ढलाएर र अर्कोलाई सत्तामा ल्याएर अमेरिकाले युक्रेनलाई यो स्थितिमा पुर्याएको छ ।’ उनले युक्रेनबाट ठूलो पाठ सिक्न पाइने बताए । त्यो पाठ यो हो कि जुन पनि सरकारले अमेरिका र युरोपमाथि विश्वास गर्छन् उनीहरुले बुझ्नुपर्छ कि तिनीहरुको समर्थन साँचो होइन ।

खमेनइले भने ‘आजको युक्रेन भोलिको अफगानिस्तान हो । दुवै देशका राष्ट्रपतिहरुले भनेका थिए कि उनले अमेरिका र पश्चिमी देशहरुमाथि विश्वास गरे तर पछि उनीहरुलाई एक्लै छोडियो ।’ उनले अगाडि भने ‘अर्को पाठ यो हो कि सरकारका अहम समर्थक देशका जनता हुन्छन् । युदि युक्रेनका जनता यसमा सहभागी भएको भए उनीहरुको सरकार यो स्थितिमा हुँदैनथ्यो । तर, त्यहाँका जनतालाई यसमा सहभागी गराइएन किनकि जनताले सरकारलाई आफ्नो स्वीकृति दिएका थिएनन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *