अमेरिकी हवाई क्षेत्रमा रुसी विमानहरूमाथि प्रतिबन्ध
काठमाडौं । अमेरिकाले आफ्नो हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानहरूमाथि प्रतिबन्ध लगाएको छ।
स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनले प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन्।
युरोपेली देश तथा क्यानडाले रुसी विमानहरूमाथि प्रतिबन्ध घोषणा गरेपछि अमेरिकी निर्णय बाहिर आएको हो।
राष्ट्रपति बाइडनले पछिल्लो कदमले रुस थप एक्लिने र उसको अर्थतन्त्रमाथि अझ दबाव सिर्जना हुने बताए।
रुसी मुद्रा रुबलको मूल्यमा र शेअर बजारमा ३० देखि ४० प्रतिशतसम्म गिरावट आइसकेको पनि पुटिनले उल्लेख गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment