रुसका केही सैनिकले आत्मसमर्पण गरे !

डिसी नेपाल
१८ फागुन २०७८ १०:४९
27.2k
Shares

काठमाडौं। अमेरिकी रक्षा अधिकारीहरूले केही रूसी सैनिकले आत्मसमर्पण गरेको दावी गरेका छन् । अधिकारीहरूले युक्रेनी फौजको प्रतिवादका कारण रुसी आक्रमणको गति धीमा भएको र उसका केही सैनिकले आत्मसमर्पण पनि गरेको बताएका हुन्।

यद्यपि अधिकारीहरूले सङ्कट अझै गम्भीर रहेको भन्दै सचेत गराएका छन् । रुसी अतिक्रमणबारे आफ्नो ताजा विश्लेषणमा अमेरिकी रक्षा मन्त्रालयले लडाइँको छ दिनसम्ममा पनि रुसी फौजले युक्रेनी आकाशमाथि नियन्त्रण कायम गर्न र महत्त्वपूर्ण संरचनालाई निशाना बनाउन नसकेको जनाएको छ।

उहादरणको रूपमा उसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ र दक्षिणी बन्दरगाह मारिओपोललाई उल्लेख गरेको छ। तर नजिकका दुई शहर बेर्डियान्स्क र मेलिटोपोलमाथि नियन्त्रण गर्न चाहिँ रुसी फौज सफल भएको पेन्टागनले जिकिर गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *