रुसविरुद्ध युद्ध लड्न युक्रेनको सेनामा सामेल भए नेपाली युवा
इटाली । रुस र युक्रेनबीच ७ दिनदेखि युद्ध जारी छ। यसैबीच बुधबार एक जना नेपाली युवा रुस बिरुद्ध लड्न युक्रेनी सेनामा सामेल भएका छन्।
केहिदिन अघि मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस बिरुद्ध लड्न युक्रेनी सेनामा सामेल हुन् अनुरोध गरेका थिए। युक्रेनी सेनामा सामेल भएका नेपाली युवा हुन् प्रताप बस्नेत। उनको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन नसके पनि उनि युक्रेनको राजधानी किभमा बस्दै आएका थिए।
उनी सेनामा सामेल हुनु अघि उनले दिएको अन्तरवार्ता सामाजिक सञ्जालमा भाइरल भएको छ। उनले सेनामा सामेल हुनुअघि युक्रेन अहिले रुस विरुद्ध लडिरहेको र सार्वभौमसत्ताको रक्षाका लागि यो युद्धमा एक सच्चा देशभक्तको हैसियतमा आफुले युक्रेनको पक्षमा उभिने निर्णय गरेको बताएका छन।
‘यतिबेला युक्रेनलाई सहयोगको नितान्त आवश्यकता छ । युक्रेन सेनाको हिस्सा हुन र युद्ध लड्न पाउँदा मलाई गर्व लागेको छ’ उनले भनेका छन।
रुसी आक्रमणपछि युक्रेनमा बसोबास गर्दै आएका धेरै नेपाली राजधानी किभबाट बेलारुस, पोल्याण्ड, जर्मनीलगायत छिमेकी मुलुकमा गएका भएका छन् । उनीहरु त्यहाँबाट नेपाल फर्कने तयारीमा छन् । तर, बस्नेत भने आफ्ना साथीहरूको विपरीत युक्रेनको राजधानी कीभमा बसेर युक्रेनी सेनामा सामेल भएका छन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment