अमेरिकाको संसदसँग अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले छुट्टाछुट्टै के मागे ?

डिसी नेपाल
२२ फागुन २०७८ ११:३०

काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कंग्रेस (संसद) का करिब ३ सय सदस्यहरुसँग युक्रेनलाई नो फ्लाइ जोन बनाउन पुनः माग गरेका छन् । उनले भिडियो लिंकमार्फत अमेरिकी कंग्रेसका सदस्यहरुलाई सम्बोधन गरेका थिए । साथमा जेलेन्स्कीले रुससँग तेल खपिरदमा प्रतिबन्ध लगाउन र रुसी सेनासँग लड्नको लागि रुस निर्मित लडाकू विमान दिन अनुरोध गरे । उनले युक्रेनका पाइलटले यी विमान चलाउन जान्ने बताए ।

यसको जवाफमा सिनेट नेता चक शूमरले पूर्वी युरोपबाट यी विमान युक्रेन पठाउनको लागि बाइडेन प्रशासनलाई सहयोग गर्ने बताए । जेलेन्स्कीले अतिरिक्त सैन्य सहयोग र मानवीय सहायताको आवश्यकतामा पनि कंग्रेस नेताहरुको ध्यानाकर्षण गराए । तर, अमेरिकी सिनेटले उनका दुई अनुरोधहरुलाई खारेज गरिदिएको छ ।

पहिलो युक्रेनलाई नो फ्लाइन जोन बनाउने उनको माग अस्वीकार गरियो किनकि यसबाट नेटो सदस्य देशको रुससँग सिधै युद्धको सम्भावना बन्न सक्थ्यो । दोस्रो रुसबाट तेल किन्न प्रतिबन्ध लगाउने विषयमा पनि धेरै केही गरिएन किनकि यसबाट तेलको मूल्य अत्याधिक बढ्ने खतरा थियो ।

अर्कोतर्फ अमेरिकी राष्ट्रपति बाइडेनले पनि युक्रेनलाई अतिरिक्त आर्थिक सहयोग दिनको लागि आफ्नो प्रशासनले कंग्रेससँग काम गरिरहेको बताएको छन् । शनिबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन वार्तामा उनले यस्तो बताएका हुन् । उनले युक्रेनलाई अमेरिकाको समर्थन भएको कुरा दोहोर्याए र युक्रेनका जनता र सेनाको हिम्मतको प्रशंशा गरे ।

ह्वाइट हाउसको तर्फबाट जारी बयानमा युक्रेनी राष्ट्रपतिले गरेको नो फ्लाइ जोन घोषित गर्ने मागबारे केही उल्लेख छैन । अमेरिका र अन्य नेटो सदस्य देशहरुले यो माग अस्वीकार गरेका छन् । यसको सट्टा पश्चिमी देशले रुस र उसका प्रमुख व्यवसायीहरुमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *