पोर्चुगलमा सुतिरहेको अवस्थामा मृत भेटिए एक नेपाली

डिसी नेपाल
२२ फागुन २०७८ २०:०२

लिस्वन । पोर्चुगलमा पुनः एक नेपालीको निधन भएको छ । नेपालको गुल्मी जिल्ला घर भएका अन्दाजी ४५ बर्षिय एक पुरुषको आफ्नै कोठामा सुतिरहेको अवस्थामा नै निधन भएको हो ।

लिस्वनस्थित ग्रासामा कोठा भाडामा लिएर बस्ने गरेका ती पुरुष मृगौलाको बिरामी भएको पनि थाहा हुन आएको छ । अहिले एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकरी तथा वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठ लगायतको टोली घटना स्थलमा पुगी घटनाको जानकारी लिई तथा शवलाई पोष्टमार्टमको लागि अस्पताल पुर्‍याईएको छ ।

घटनास्थलबाट एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले दिएको जानकारी अनुसार बेलुका करिब ८ बजेको समयमा सुतिरहेकै अवस्थामा निजको निधन भएको देखिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *