युक्रेनको राजधानी किभमा रूसले पूर्ण क्षमतामा आक्रमण गर्दै

डिसी नेपाल
२३ फागुन २०७८ ११:०६
1.3k
Shares

काठमाडौं । युक्रेनी रक्षा अधिकारीहरूले रुसले पूर्ण क्षमतामा राजधानी किभमाथि आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएका छन्।

युक्रेनको सेनाले दिएको पछिल्लो जानकारी अनुसार मस्कोका बलले आक्रमणका लागि आवश्यक सामाग्रीहरू जम्मा गर्न थालेको छ।

त्यसको तयारी स्वरूप किभ नजिकै रहेको ईर्पीन शहरमा बख्तरबन्दसहित अन्य हातहतियार बोकेका गाडीहरू अघि बढिरहेको बताइएको छ।

सेनाले दिएको सूचना अनुसार रुसी कमान्डरहरूले अघि बढ्ने क्रममा रहेका आफ्ना सेनालाई बेलारुसबाट ल्याइएको तेल उपलब्ध गराइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *