रुसमा युद्धविरोधी प्रवचन दिने पादरी पक्राउ

डिसी नेपाल
२३ फागुन २०७८ ११:१४
288
Shares

काठमाडौं । रुसमा आइतवार युद्धविरोधी प्रवचन दिने एक पादरीलाई पक्राउ गरिएको विवरण अभियानकर्मीहरूले दिएका छन्।

ती पादरीलाई आज अदालतमा पेस गरिने बताइएको छ।

बीबीसी रुसीका संवाददाता आन्द्रे जाखारोभका अनुसार पादरी जोन बुर्दिनलाई काराबानोभो गाउँमा आयोजित एउटा धार्मिक भेलापछि पक्राउ गरिएको थियो।

युद्धविरुद्ध धर्मोपदेश दिँदै उनले स्थानीयवासीलाई युक्रेनी सहरहरूमा जारी गोलाबारी र विनाशबारे बताएका थिए। सशस्त्र सैन्य बल प्रयोगको बदनाम गरेको आरोप प्रहरीले उनलाई लगाएको छ। गत साता रुसको संसद्ले त्यसो गर्नुलाई अपराध मानेको छ।

युक्रेनविरुद्ध युद्ध सुरु गरेपछि सरकारले रुसमा विरोध प्रदर्शन दमन गरिरहेको छ। तथापि विभिन्न सहरमा हजारौँ मानिसहरू प्रदर्शनमा सहभागी भएका छन्।

आइतवार मात्र ४,६०० जनासहित अहिलेसम्म १३,००० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको स्थानीय गैरसरकारी संस्थाका ट्र्याकरहरूले जनाएका छन्।

आन्द्रेको अर्को ट्वीटले कसरी युद्धविरोधी सन्देशलाई सेन्सर गरिएको छ भनेर देखाउँछः रुसी अधिकारीहरू भुइँमा कोरिएको ‘नो वार’ लेखिएको सन्देश मेट्न बरफमा रङ्ग पोत्दै।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *