हङकङमा नारी दिवस : लैंगिक समानताका विषयमा वहस

डिसी नेपाल
२३ फागुन २०७८ १२:१७

हङकङ। गैरआवासिय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङले संयुक्त रुपमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन्। एनआरएनए हङकङसँगको सहकार्यमा आइतबार एक कार्यक्रमको आयोजना गरी महिला दिवस मनाइएको हो।

महिला दिवस ८ मार्चमा पर्ने भएपनि हङकङका महिला दिदिबहिनीको साप्ताहिक विदालाई मध्यनजर गर्दै दुईदिन अघि नै कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा सहभागि वक्ताहरुले अन्तर्राष्ट्रिय समुदायमा नेपाली महिलाको अवस्था, उनीहरुले भोग्नु परेका समस्या, समाधानका उपायदेखि महिला सशक्तिकरण र महिला अधिकारको विषयमा संवाद भएको थियो।

कार्यक्रममा एकल महिला संस्थाकी संस्थापक अध्यक्ष तथा नेपाल मानव अधिकार संघकी सदस्य लिली थापाले लैंगिक समानता भोलिको लागि आवश्यक भएको बताइन्। उनले भनिन्, ‘यो संसारभरि नै चलिरहेको हो। नेपालमा पनि लैंगिक समानता र सामाजिक न्याय भोलिको सुनिश्चितता भनेर सरकारले विषय ल्याएको छ। महिलाको भोलिको अवस्थालाई अघि बढाउन आज नै समानता र सामाजिक न्यायमा काम गर्नुपर्छ भन्ने हो।’

पीए नेपालकी संस्थापन अध्यक्ष इन्दिरा राना मगरले कार्यक्रममा जेलमा परेका महिलाको नागरिकता नभएको र आफूले उनीहरुकै बच्चालाई हुर्काइरहेको प्रसंग सुनाउँदै महिलाहरुले फरक(फरक किसिमको विभेद भोग्नु परेको बताइन्। उनले भनिन्, ‘लैंगिक असमानताको असर त खोपमा पनि देखिएको छ। नागरिकता नभएका आमाहरुका बच्चाहरु मैले हुर्काएको छु। उनीहरुले नागरिकता नभएकै कारण खोपसम्म लगाउन नपाएको अवस्था छ।’

शक्ति समूहकी संस्थापक तथा अध्यक्ष चरिमाया तामाङले अधिकांश महिलाको समस्याबारे नेपाली समाज ज्ञात भएको तर, यसको समाधान नभएको बताइन्। उनले आफ्नो संस्था ‘शक्ति समूह’का महिलाहरु हिजो मानव बेचबिखनमा परेर आज त्यसविरुद्धमा जुटेका महिलाहरु भएको बताउँदै महिलाको समस्याको कुरा मात्रै नभएर सकरात्मक सोचसहित अघि बढ्न आवश्यक भएको बताइन्।

‘समस्यामा सकरात्मक सोचसहित कसरी अघि बढ्न सकिन्छ रु भन्ने सोच्नुपर्छ,’ उनले भनिन्, ‘जीवनका हरेक पलबाट मानिसले सिक्छ। अझ त्यसमा विगतका तितो अनुभवहरुले भोलिको लागि आजको दिनमा सिकाईको खुड्किलो बनाएर हिड्नुपर्ने यर्थाथपरक छ।’ यसको उदाहरण आफू पनि भएको उनले बताइन।

कार्यक्रममा एनआरएनए हङकङकी पूर्व अध्यक्षसमेत रहेकी टिका गुरुङ ९राधिका० ले ११२ औं अन्तराष्ट्रिय महिला दिवसको महिलाहरुलाई शुभकामना र स्वागत गर्दै हङकङमा आफूहरुले २०१५ देखि विविध कार्यक्रम गर्दै आएको बताइन्।

गुरुङले महिलामाथि भइरहेको पूर्वाग्रहलाई कसरी तोड्ने रु भन्ने विषयमा बहस हुनपर्ने बताइन्। पछिल्लो समय नेपाली महिलाहरु सक्षम भएको उनको भनाइ छ।

कार्यक्रममा एनआरएन हङकङका अध्यक्ष गोकर्ण ढकालले आफूहरुले महिला अधिकारको विषयमा निरन्तर कार्यक्रम गर्दै जाने बताए। उनले आफ्नो कार्यकालमा युवा सशक्तिकरण र महिला सशक्तिकरणलाई विशेष प्राथमिकता दिने समेत बताए।

कार्यक्रममा एकल महिला संस्थाकी संस्थापक अध्यक्ष तथा नेपाल मानव अधिकार संघकी सदस्य लिली थापा प्रमुख अतिथि थिइन्। यस्तै पीए नेपालकी संस्थापन अध्यक्ष इन्दिरा रानामगर र शक्ति समूहकी संस्थापक तथा अध्यक्ष चरिमाया तामाङ पनि कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *