कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

डिसी नेपाल
२६ फागुन २०७८ ८:५९
28
Shares

बागलुङ। पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ। अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ।

बुधबार मात्रै एक जना सुब्बा थपिएका छन्। कार्यालय प्रमुख दिलबहादुर केसी यही फागुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो। त्यहाँ कर्मचारको दरबन्दी रहेको यस कार्यालयमा अहिले दुई सुब्बा, तीन कार्यालय सहयोगी र दुई कम्युटर अपरेटरका भरमा कार्यालय सञ्चालन गर्नुपरेको नायब सुब्बा कासीराम खड्काले बताए।

उनले अहिले एक नायब सुब्बा आएपछि केही सहज भएको बताए। उनले केही समय आफू एक्लै काम गर्दा प्रभावकारी सेवा प्रदान गर्न समस्या भएको बताए। हाल कार्यरत दुई कम्प्युटर अपरेटर कराका हुन्। स्थायी कर्मचारी भने छैनन् । तीन कार्यालय सहयोगीमध्ये एक मात्रै स्थायी हुन्। कार्यालयमा एक अधिकृत, तीन खरिदार, तीन नासु र एक लेखा अधिकृतको पद खाली रहेको उनको भनाइ छ।

मालपोत कार्यालयमा दैनिक २०/२५ जनासम्म सेवाग्राही आउने गर्छन्। गाउँगाउँबाट आएका नागरिक समयमा काम नसकिएर तीन चार दिनसम्म बजारमा बस्नुपर्ने बाध्यता रहेको खड्काले बताए। उनले कर्मचारी नहुँदा यो अवस्था सिर्जना भएको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *