मुगुका किसानले अनुदानमा पाए २९ वटा थुमा

डिसी नेपाल
७ चैत २०७८ २२:१६

मुगु । हिमाली जिल्ला मुगुमा भेडा पालन किसानलाई सोमबार थुमा वितरण गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नस्ल सुधारका लागि जिल्लाका उत्कृष्ट २९ जना भेडा पालक किसानलाई थुमा वितरण गरिएको हो ।

जिल्लाका किसानलाई आत्म निर्भर बनाउने उद्देश्यले जिल्लामा दुई प्रकारका मेरिनो र पोलर्थ जातका २९ वटा थुमा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा ४० वटा थुमा वितरण गरिनु पर्ने हो तर ९ वटा थुमा नपाइएकाले वितरण गर्न नसकेको कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए ।

कर्णाली प्रदेशअन्तर्गत रहेको छिमेकी जिल्ला जुम्लाको गोठिचौर फर्ममा भदौ महिनामा ४० वटा थुमाको लागि माग गरिएको थियो । जस अनुसार ९ वटा मेरिनो र पोलर्थ जातको थुमा उपलब्ध भएको र बाँकी थुमा अन्य फर्मकै समूहबाट ल्याइएको बुढाको भनाई छ ।

केन्द्रीय अनुसन्धान केन्द्रबाट कर्णालीका हिमाली जिल्ला मुगु, जुम्ला, कालिकोट, हुम्ला, डोल्पामा यसको लालनपालन चरिचरनमा पनि उत्तम मानिएको छ । संघीय सरकारबाट अनुमोदित भएर पालिएका थुमा कर्णालीका लागि चाख लाग्दो रहेको जानकारी दिएका छन् । जम्मा अनुमान लागत पाँच लाखसम्म रहेको छ ।

थुमालाई पनि बिमा

छिमेकी जिल्ला जुम्लाको गोठीचौर फर्मबाट ल्याइएका थुमालाई वितरणसँगै बिमा पनि गरिएको छ । बिमाको लागि सगरमाथा इन्सोरेयान्स कम्पनी लिमिटेड मुगुले २९ वटा थुमाको बिमाको लागि जिम्मा पाएको छ । पहिलो वर्ष कार्यालयले बिमा गरिदिने भएको छ भने आगामी वर्षहरूमा किसान स्वयम आफैले गर्नु पर्ने बताइएको छ ।

भोलिका दिनमा अनुदानमा पाएका थुमाहरूको मृत्यु भयो भने त्यस बापत पाउने रकम भुक्तानी होस भनी र किसानले पनि यो मात्रै नभई बिमा रकमले अन्य भेडा प्नि खरिद गरेर आयआर्जन गरोस् भनेर बिमा गरिएको कार्यालयले जानकारी दिएको छ ।

भेडा पालनबाटै यहाँको कृषि क्षेत्रलगायत अन्य विविध विषयमा टेवा पुग्ने अपेक्षा राखिएको कार्यालय जानकारी दिएको छ । पशु कार्यालयले यहाँका भेडा पालन किसानलाई अनुदानमा थुमा वितरण गरेपछि जिल्ला मासुमय बन्ने अपेक्षा गरिएको छ ।

कार्यालयले यस्ता अनुदानका कार्यक्रमको थालनी गरेपछि हामी जस्ता किसानलाई घाउमा मलम लगाउने प्रयास भएको भेडापालक कृषक जंगविर बढुवालाले बताए । उनका अहिले गोठमा ५० देखि ६० सम्म भेडा रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *