पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
२३ चैत २०७८ ११:०२
44
Shares

काठमाडौं। पर्साको जिराभवानी गाँउपालिका–१ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अन्दाजी ४० बर्षीय हेमन्त दास रहेका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा वीरगंज स्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो। मंगलबार साँझ ५ बजे उनी सवार रहेको भारतिय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *