९३ केजी गाजासहित धादिङका तामाङ्ग महोत्तरीमा पक्राउ
सांकेतिक तस्वीर
महोत्तरी। महोत्तरीमा प्रतिबन्धित लागुऔषध (गाजा) सहित एक जना पक्राउ परेका छन। विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराती धादिङ्ग थाक्रे निवासी ३६ बर्षिय रमेश तामाङ्गलाइ पक्राउ गरेको हो।
छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट उनी सवार ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको छ।
थप अनुसन्धानको लागी ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भैइरहेको ससस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख समेत रहेका ठाडामगरले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment