‘गठरो’ मार्कामा गठबन्धन

डिसी नेपाल
२९ चैत २०७८ १०:०४

अहिले देशको तरलता चरम बिन्दुमा पुगेको छ। बैंकहरु १ हजार रुपैयाँसम्म ऋण दिन सक्ने अवस्थामा छैनन्। सरकार आफ्नो अविवेकी छवी छोप्न राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्छ। आफ्नो भ्रष्ट छवी ढाक्न अर्थमन्त्री जनार्दन शर्माको यो हदैसम्मको राष्ट्रप्रतिको बेइमानको कुनै दिन हिसावकिताव हुनेनै छ।

नेपाली सेनाका सेनापति रुक्माङगद कुटवाल प्रकरणमा जसरी माओवादीले साख गिराएर अरुको बैशाखी समाउने दिन आयो, त्यसरी नै यो गभर्नर प्रकरणले पनि जनार्दन शर्मा र माओवादी केन्द्रलाई नराम्ररी पिरोल्ने देखिन्छ।

गठरो अर्थात बढ्न नसकेको, पुड्को, गाँठैगाँठा परेको। ठ्याक्कै यो गठरो शव्द अहिले गठबन्धनमा सार्थक देखिन्छ। कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा र जसपा दलको यो गठबन्धनले समग्रमा देशको हित गर्ने छनक देखिएन।

के यो गठबन्धन माधवकुमार नेपालका सम्धी गोबिन्द पन्थीलाई मन्त्री बनाउन, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य, झलनाथ खनाल, पम्फा भुसाल, जनार्दन शर्माहरुका नातागोतालाई राजनीतिक नियुक्ति दिनलाई मात्र बनेको हो ?

अहिले गठनबन्धन दलमै रहेका केही इमान्दार नेता तथा कार्यकर्ता प्रश्न गर्दै सोच्न थालेका छन्। यही पारामा देश अघिबढेपछि यो गठबन्धन गठरो बन्दै गएको टिप्पणी हुन थालेको छ। जुन टिप्पणी सार्थक भइरहेको छ।

स्थानीय तह निर्वाचनको मुखमै कानुन तथा न्याय मन्त्रीमा संसद बाहिरबाट मानिस पन्थीलाई मन्त्री बनाउनु, राजनीतिक नियक्तिमा नेताका नातागोतामात्र ल्याएर भर्ति गर्नुले निर्वाचनमा मत बढ्ने भन्दा घट्ने पक्का छ । यतिसम्म विवेक नपुर्‍याउने गठबन्धनका नेताहरु गठेरो मार्ग रोजे भन्दा अत्युक्ति हुन्न।

हिजो प्रतिगमन भयो भनेर परमादेशबाट सत्ता पुगेका यी दल र तिनका शीर्ष नेताले नेकपा एमालेको सत्ता कालमा उसले गरेभन्दा अझ अलोकप्रिय काम गर्नुले निर्वाचनमा मतदाताले एक पटक सोच्ने देखिन्छ ।

नेपाली कांग्रेसमा प्रत्येक निर्वाचनमा मौलाउने गरेको बागी उमेद्वार, अन्तरघात र मत किनबेच यो पटक थप बढ्ने देखिन्छ। कंग्रेस महाधिवेशनमा ४० प्रतिशत मत पाएको डा. शेखर कोइराला समूहले संस्थापन पक्षबाट पेलान खाएको निचोड निकाल्दै आफ्नै पारामा निर्वाचनमा जाने भनिसकेपछि सबै कंग्रेसले कलम, गिलास, हसिया हथौडामा भोट हाल्लान भन्ने आधार देखिन्न । रुख चिन्ह लिएर उठेका उमेद्वारलाई हराउन अन्तरघात नै पर्याप्त हुन्छ ।

दिनदिनै जनाधार कम हुँदै गएको माओवादी केन्द्र र नेकपा एसको बैसाखी टेकेर चुनावमा जानु पर्ने कंग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको लिडेढिप्पीले कांग्रेसलाई पनि माओवादी केन्द्र र नेकपा एसकै कित्तामा नपुर्‍याउला भन्न सकिन्न ।

नेपाली कांग्रेसमा प्रत्येक निर्वाचनमा मौलाउने गरेको बागी उमेद्वार, अन्तरघात र मत किनबेच यो पटक थप बढ्ने देखिन्छ। कंग्रेस महाधिवेशनमा ४० प्रतिशत मत पाएको डा. शेखर कोइराला समूहले संस्थापन पक्षबाट पेलान खाएको निचोड निकाल्दै आफ्नै पारामा निर्वाचनमा जाने भनिसकेपछि सबै कंग्रेसले कलम, गिलास, हसिया हथौडामा भोट हाल्लान भन्ने आधार देखिन्न । रुख चिन्ह लिएर उठेका उमेद्वारलाई हराउन अन्तरघात नै पर्याप्त हुन्छ ।

प्रम देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेजस्तै नेकपा एमाले कमजोर छैन। ५ दल एकापटी र एमाले अर्काे पटी भएर निस्पक्ष निर्वाचन हुने हो भने एमालेले ५० प्रतिशतबढी स्थानमा जित निकाल्ने अनुमान गर्न एमाले बिरोधी शक्तिहरु नै थालिएका छन् ।

एमालेसित राप्रपा, राप्रपा नेपाल, महन्थ ठाकुर नेतृत्वको मधेशवादी दल मिलेर जाने सम्भावना बलियो देखिन्छ । त्यसो भएमा ७ सय ५३ स्थानीय तहमध्ये ५ दलले आधा र एमाले नेतृत्वको समूहले आधा तह जित्ने आंकलन छ । अब ५ दल मिलेर आधा संख्यामात्र जित्ने अवस्था आउनेस्थितिमा नेपाली कांग्रेस किन गठबन्धनको पक्षमा ? भन्ने प्रश्न धेरैको दिमागमा उब्जिएको छ ।

प्रचण्ड र माधवकुमार नेपालले गठबन्धनमा कांग्रेसबाट धोका हुने शंका व्यक्त गर्न थालिसकेका छन् । यसको अर्थ कांग्रेस कार्यकर्ता र मतदाताले रुखबाहेक अन्य चिन्हमा भोट हाल्दैनन् भन्ने हो ।

डा शेखर कोइराला ‘थप भएका करिव ३६ लाख नयाँ मतदातामध्ये कांग्रेस मनपराउनेहरुले रुखबाहेक अन्यत्र कसरी भोट हाल्छन् ?’ भन्दै आएका छन्। यसको अर्थ कांग्रेसको संस्थापन इतर समूहबाट अन्तरघात र बागी हुने संभावना अधिक रहनु हो।

प्रचण्ड र नेपाललाई जसरी पनि निर्वाचनमा गठबन्धन गर्नु नै छ । किनकि एक्लाएक्लै निर्वाचनमा जाँदा एक दुई स्थानमा पनि जित्न नसकिने आंकलन उनीहरुले गरेकै छन्। प्रम देउवालाई सत्ता जोगाउन र प्रचण्ड तथा नेपालको राजनीति संरक्षण गरिदिनु पर्ने वाध्यता छ ।

किन भने यति नगरे ४० प्रतिशत मत भएको पार्टीको विपक्षी कोइराला समूहले सत्ताच्युत गर्न सक्छ । जसकै कारण देउवा गठबन्धनलाई निरन्तरता दिने निर्णयमा पुगेका हुन्। जुन कांग्रेसको हितमा नभएपनि पार्टीभित्रकै अल्पमत पक्षलाई पेल्नलाई भने राम्रै अस्त्र हो । र, योक्रम चलिरहेको समयसम्म गठबन्धन गठरोबाहेक केही हुनेवाला छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *