सुत्नुअघि भूलेर पनि नखानुहोस् यी ३ चिज, भगाउँछ निद्रा

डिसी नेपाल
३० चैत २०७८ १३:१०

काठमाडौं । मानिस स्वस्थ्य रहनका लागि निद्रा अपरिहार्य कुरा हो । मनिसहहरुमा निद्रा नलाग्ने समस्या निकै बढेको छ। निद्राको कमीका कारण मानिसलाई धेरै खतरनाक रोगहरु लाग्न सक्छ । जस्तै उच्च रक्तचाप, मधुमेह, मोटोपन मुटु रोग, कमजोर प्रतिरक्षा क्षमता, स्तन क्यान्सरको जोखिम, डिप्रेसन जस्ता समस्याहरु देखा पर्दछ । जब निद्रा पूरा हुँदैन, तब मस्तिष्कको कार्यका साथै शरीरमा पनि नराम्रो असर गर्छ। ७ घण्टाभन्दा कम समय सुत्नेहरुको तौल नियन्त्रण हुँदैन र उनीहरु सामान्य मानिसको तुलनामा छिट्टै मोटो हुन्छन् ।

एक वयस्क मानिसका लागि दैनिक सात वा आठ घण्टाको निद्रा आवश्यक पर्दछ । हाम्रो वातावरण खानपानले पनि हाम्रो निद्रा निर्धारण गर्ने गर्दछ । ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार बिउँझने, बिहान चाँडै निद्राले छाड्ने जस्ता समस्या देखिन्छन्। निद्राका लागि खानपानले अहम भूमिका निर्वाह गर्ने गर्दछ । सुत्नुअघि अस्वास्थ्यकर खानेकुरा खानु हुँदैन । केही यस्ता खानेकुराहरु छन् जस्लाई  सुत्नुभन्दा अगाडी खानु हुँदैन ।

सुत्नुअघि भूलेर पनि नखानुहोस् यी ३ चिज:

क्याफीनयुक्त पेय पदार्थ– सुत्नुअघि भूलेर अल्कोहल र क्याफिनको मात्राबढी भएका पेयपदार्थहरुको सेवन नगर्नुहोस् । चिया, कफी र विभिन्न प्रकारका सफ्ट ड्रिंक्समा क्याफिन पाइन्छ। धेरै मात्रामा क्याफीन भएको पेय पदार्थले निद्रा भगाउने गर्दछ । त्यसैले राति सुत्नुअघि यी चिजको सेवन नगर्नुहोस् ।

टमाटर– के तपाईलाई थाहा छ सुत्नुअघि टमाटर खाँदा पनि निन्द्रा राम्रो संग लाग्दैन ? किनभने टमाटरमा भएको एसिडले पाचन सम्बन्धी समस्याहरू बढाउने गर्दछ। एक रिपोर्टका अनुसार राति टमाटरको सेवनले बेचैनी बढाउने गरेको देखाएको छ । बेचैनीले पर्याप्त र आरामदायी निन्द्रा पाउने सम्भावना कम हुन्छ ।

प्याज– टमाटर बाहेक प्याज पनि एउटा यस्तो चिज हो, जसले पाचन प्रणालीमा गडबड गर्न सक्छ । प्याजले पेटमा ग्यास बनाउने काम गर्छ । यो ग्यासले तपाईंको पेटको दबाबलाई असर गर्छ, जसको कारण एसिड घाँटीतिर सर्छ। जस्ले गर्दा तपाईको स्वास्थ्यमा असर गर्दछ । काँचो वा पकाएको प्याज दुवैले यस्तो समस्या निम्त्याउन सक्छ, त्यसैले राती सुत्नुअघि सकेसम्म प्याजको सेवन नगर्नुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *