राज्य विग्रह अझै बढ्ने बर्ष, यस्तो छ २०७९ को राशीफल

डिसी नेपाल
१ वैशाख २०७९ ८:४२

आजदेखि नयाँवर्ष २०७९ शुरु भएको छ। नयाँ वर्षमा देशलाई के हुन्छ? व्यक्तिलाई के के लाभ र हानि हुन्छ भन्ने चासो सबैलाई छ। त्यसबारे छोटो चर्चा गरौं। सबैभन्दा पहिला देशको चर्चा गरौं। नेपालमा राजनीतिक अस्थिरता छ। दलहरु मिलेका छैनन् मात्र होइन तीब्र बाजाबाझमा छन्।

देशको अर्थतन्त्र टाट पल्टने गरी ओरालो लागेको छ तर मुलुक हाक्नेहरुको रबैयामा कुनै परिवर्तन भएको छैन। राज्यले संरक्षण गरेर अवैध मुद्राका कारोवारहरु भएका समाचारहरु बाहिरिएका छन्। सुशासनको स्थिति नाजुक छ, जनतामा व्यापक असन्तुष्टि छ, राजनीतिक दल र शासन सञ्चालकहरुमाथि चर्को अविश्वास छ।

यस्तो अवस्थामा हामी २०७९ सालमा प्रवेश गरेका छौं। २०७९ साल को नल नाम गरेको संवत्सर हो। यो सम्बत्सरमा सर्वप्रथम सबैलाई सधैव आानन्दमय वर्ष वनोस यही मेरो शुभकामना। यो वर्ष प्रवेशमा मिथुन लग्न को वृष नवाशक परेको छ। राजा शनि र मन्त्री पदमा वृहस्पति रहेर वर्षको आदिपत्य चलाउने छन्।

शनिलाई न्यायको रूपमा पनि हेरिन्छ। न्याय सबैलाई समान कर्मअनुसार दण्ड र पुरस्कार दिन कसैलाई काखा र पाखा गर्दैनन्। मन्त्री पदमा रहेका वृहस्पतिको सुझबुझपूर्वक दिने राय सल्लाह शनिदेवलाई कस्तो लाग्दछ भविष्यले बताउला।

यो वर्षको संवत्सरको फलबारे भनिएको छ-दुर्भिक्षं जायते घोरं रज्ञां दुर्मतिजं भयम्। बालाहनिश्च रोगेभ्यो नले ज्ञया समन्तत्। नलाब्दे मघ्यसस्यार्धवृष्टिभिः प्रवराधरा। नृपसंक्षोभ संजाता भूरितस्कर भीतयः।

यो वर्ष ग्रह स्थिति र संवत्सरको फलको कारण कहीँ कतै पनि सुखानुभूति गर्न पाइएलाजस्तो लाग्दैन। आर्थिक संकट, राजनीतिमा अमेल रोगको प्रकोप, अस्थिर राज्य व्यवस्था र भूकम्पादि प्राकृतिक प्रकोपले सताउने स्थिति छ। राज्य व्यवस्था परिवर्तनको संभावना छैन भन्न मिल्दैन। तर शनि ग्रहको प्रकोप र अस्तयलाई यसरी बताइएको छ-यदा क्रुर ग्रहो वक्री अतिचारी तु सौम्यकः/पीडा व्यधि भयं तत्र दुर्भिक्षं राज्य विग्रहम्। यिनै हाम्रा ऋषि महर्षिले बताएका शास्त्रअनुसार, हाम्रो देशका राजनीतिक दलले मिलेर कूनैपनि कार्य गर्दैनन्।

यो वर्ष जगल्लग्न फल यस्तो रहेको छ।

मेष-कुटुम्ब वृद्धि

वृष-धनलाभ

मिथुन-देह सुख

कर्कट-दुः ख दारिद्रम

सिंह-लाभ

कन्या-सुखम

तुला-धर्मार्थ प्राप्ति

वृश्चिक-कष्ट

धनु-स्त्री सुख

मकर-शत्रुपराजय

कुम्भ-पुत्र सुख

मीन-मित्र सुख

यो केवल सामान्य फल बताइएको हो। तपाईंको जन्म लग्न, दिन, वार, नक्षत्र, करण, योग ग्रहको वलावल शुभ अशुभ स्थानअनुसार फल हुन्छ। यो वर्ष निम्न राशिलाई शनिको निम्नप्रकारको फल छ-मिथुन र तुला राशिलाई माघ २७ गतेसम्म अढैया।

कर्कट र वृश्चिकलाई माघ २७ गतेपछि अढैया शुरू हुन्छ।  मीन राशिलाई माघ २७ सम्म आद्य साढे साति छ।  धनु राशिलाई माघ २७ गतेसम्म अन्त्य साढेसाति छ।  मकर राशिलाई माघ २७ गतेसम्म मध्य र त्यसपछि अन्त्य साढे साति।

कुम्भ राशिलाई माघ २७ गतेसम्म आद्य र त्यसपछि मध्य साढे साति रहने छ। आफ्नो जन्मको समयमा शुभ स्थानमा भएको ग्रहले त्यति दुः ख दिँदैन।

ग्रह दोष शान्तिका विभिन्न उपायहरू हाम्रो शास्त्रमा उल्लेख गरिएका छन्। सोही अनुरुप आफ्ना कुलपरम्परा रितिरिवाजअनुसार ग्रह दोष निवारण गर्ने गराउने गरिन्छ।

हामी सबै सधैव श्री परमेश्वरका असीम कृपाबाट बाचिरहेका समस्त सनातन धर्मानुरागी सबै धर्म सम्प्रदायका विज्ञ विदुषी सबैले सत सनातनको रक्षा गर्दै आफू र आफ्नो समाजलाई एकताको सूत्रमा बाधिराख्न सकौं। यही मेरो भावना यही शुभकामना। सबैको जय होस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *