अध्यादेशबाट कानुन ल्याएर प्रदेश प्रहरी भर्ना गर्छौंः मन्त्री साह

डिसी नेपाल
१ वैशाख २०७९ १८:५९

 

जनकपुरधाम । मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय सरकारले प्रहरी समायोजन नगरे स्थानीय निर्वाचन पश्चात् अध्यादेशबाटै प्रदेश प्रहरी भर्ना गर्ने बताएका छन् ।

वैशाख ३० गतेसम्म प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएको बताउँदै मन्त्री साहले बताए । बिहीबार बिहान मधेश भवनमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे आफूहरूले अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउने बताए ।

उनले भने, ‘मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको छ । संघीय सरकारले अविलम्ब समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास राखेको छु तर अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ । ३० वैशाखसम्म समायोजन नगरे अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउँछौं ।’

उनले विधेयकबाट जाँदा बढी समय लाग्ने भएकाले अध्यादेश मार्फत नै जाने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *