हात्ती पाइले रोगले शिवकुमार मण्डलकाे परिवार बिच्चलीमा

डिसी नेपाल
२ वैशाख २०७९ १७:५१

सप्तरी । सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामी भेटिएकाे छ । सरकारले हात्ती पाइले राेगविरूद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका- ७ का ५० वर्षीय शिवकुमार मण्डल यस राेगबाट पीडित छन् ।

सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले राेगबाट थलिएपछि परिवार विचल्लीमा परेकाे ५ । उनी पूर्ण अशक्त छन्। परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, ´पाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो ।विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चलाउन छोडेको पनि चार वर्ष भइसकेको छ। उपचार गर्न र परिवार पाल्नै गाह्राे भएकाे छ ।’

केही दिनदेखि सुन्निएको ठाउँ फुटने र पानी बग्ने हुन थालेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा १५ दिन उपचार गर्ने क्रममा २५ हजार खर्चेको श्रीमती गंगादेवी मण्डलले बताइन्।

उनले भनिन, ´ऋण लिएर २५ हजार खर्च गरेर उपचार गरेँ । निकाे भएन । डाक्टरले यहाँ हुन सक्दैन धरान लागुपर्छ भनेकाे छ । तर, पैसा नभएर लैजान नसक्दा बिरामीलाई घरमै राख्न बाध्य हुनुपरेको छ ।’

मण्डल एक ठाउँबाट अर्को ठाउँमा जान नसक्दा दिनभरि उनकै स्याहारसुसारमा आफु पनि व्यस्त हुँदै आएको दुखेसो पोख्दै गंगाले थपिन्,´ म पनि कुनै काम गरौँ भने बिरामीलाई छोडेर जाने अवस्था छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *