मधेश प्रदेशमा तस्करी र अवैध कारोबार घट्दै, सशस्त्र प्रहरीको सक्रियता बढ्दै

डिसी नेपाल
४ वैशाख २०७९ १७:१९

रौतहट । मधेश प्रदेशमा तस्करी तथा अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरीले संक्रिय भूमिका निर्वाह गरिरहेको छ। आर्थिक बर्ष २०७८÷०७९ को साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा प्रदेशको आठ जिल्लाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गर्नुका साथै अन्य आपराधिक गतिविधि पनि नियन्त्रणमा लिएको छ।

गत आर्थिक वर्षको प्रगति अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशतले वृद्धि भएको छ। यस अवधिका भारतबाट अवैध रूपमा भित्र्याएको ४६ करोड २८ लाख ३६ हजार नौ सय ४७ रुपैयाँ बराबरको विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।

अवैध सामान ढुवानी गर्न तस्करहररूले प्रयोग गरेको सात सय ८८ थान सवारीसाधन बरामद गरिएको मधेश प्रदेशका सशस्त्र प्रहरीका डीआईजी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख गणेश ठाडा मगरले बताए।

बरामद सामान आवश्यक कार्वाहीको लागि आठवटै जिल्लाको पायक पर्ने भन्सार कार्यालयमा बुझाएको डीआईजी मगरले बताए। यसैगरी सोही अवधिमा तस्करी तथा विभिन्न अवैध कारोबारमा संलग्न एक सय ६६ जना जनालाई पक्राउ गरी कार्वाहीको लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीको तथ्यांकमा उल्लेख छ।

नौ महिनामा प्रदेशको विभिन्न जिल्लाबाट एक करोड ३२ लाख ५४ हजार पाँच सय ७२ रुपैयाँ बराबरको तीन हजार पाँच सय ८२ क्युफिट साललगायतको काठ बरामद भएको छ। यस्तै, एक करोड २७ लाख ६८ हजार तीन सय ९० रुपैयाँ बराबरको भारतबाट अवैध रूपमा भित्र्याएको चौपाया बरामद भएको छ।

दुई करोड ५४ लाख एक सय २८ स्रोत नखुलेको नेपाली र १० लाख ५४ हजार ६१ भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको छ। गत आर्थिक वर्षमा १२ लाख ८१ हजार नौ सय ६१ रुपैयाँ बराबरको अवैध सुनचाँदी र चार लाख १३ हजार नक्कली रुपैयाँ बरामद भएको तथ्यांक छ।

लागुऔषधतर्फ २२ सय ५१ किलो गाँजा ३२ हजार एक सय ४० गोटा विभिन्न प्रकारको लागुऔषध बरामद र करिब ६१ बिगहा क्षेत्रफल जग्गामा लुकाईछिपाई लगाइएको गाँजा खेती नष्ट गरिएको डीआईजी गणेश ठाडा मगरले जानकारी दिए।

सोही अवधिमा सशस्त्र प्रहरीले विभिन्न प्रकारको आठ थान पेस्तोल, बन्दुक ६ थान गोली र एक थान म्यागजिन बरामद र नेपालबाट भारततर्फ जान लागेका ४० जना चेलीबेटीलाई सीमाबाट उद्वार गरेको छ।

डीआईजी मगरको सक्रियतामा नेपाल प्रहरीसँग मिलेर ६ सय ३६ पटक संयुक्त पट्रोलिङ र गत आवमा ३७ पटक समकक्षी बैठक बसेको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासको तथ्यांक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *