पाँच करोडको कारोबार गर्दै सकियो भक्तपुरको व्यापार मेला
भक्तपुर । पाँच करोड रुपयाँ बराबरको कारोबार गर्दै भक्तपुरमा जारी सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ।
मेलामामा करिब ४ लाख आगन्तुकले भ्रमण गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले जनाएको छ। मेलाका संयोजक दीपक थापाका अनुसार मेलामा दैनिक जीवनमा प्रयोगमा हुने उपभोग्य सामाग्री, खाद्यान्न, लुगाकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीका स्टल रहेका थिए।
औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा सहभागीता जनाएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment