भारतमा कोरोना सङ्क्रमण बढेपछि सीमानाकामा हेल्थ डेस्क सक्रिय पारिँदै

डिसी नेपाल
८ वैशाख २०७९ १६:३८

कञ्चनपुर । भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।

कोरोना रोकथामका लागि सीमानाकामा रहेका हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार एक सूचना जारी गर्दै सुदूरपश्चिमको त्रिनगर, गड्डाचौकी, झुलाघाट, पुलघाटलगायतका नाकामा उच्च सतर्कता तथा एन्टिजेन परीक्षणलाई प्राथमिकता दिन आग्रह गरिएको छ ।

भारतलगायतका मुलुकबाट आउने यात्रुमा कोरोनाको लक्षण जाँच्न, पूर्ण खोप नलगाएकालाई कोरोना परीक्षण गर्न सूचनामा भनिएको छ । परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरूको नमूना सङ्कलन गरी प्रदेश जनस्वास्थ्यसँग समन्वय गरी जिन स्क्रिनिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउने व्यवस्था मिलाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले पचात्रार गरेपछि सीमानाका गड्डाचौकी र त्रिनगरमा हेल्थ डेस्कलाई प्रभावकारी बनाउनका लाागि काम अगाडि बढाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । कर्मचारी व्यवस्थापन र कोरोना परीक्षणका लागि आवश्यक सामग्रीको हेल्थ डेस्कमा व्यवस्था गरिन लागेको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *