हेटौंडा उपमहानगरका वडा सदस्यको उम्मेदवारी मनोनयन खारेज

डिसी नेपाल
१५ वैशाख २०७९ २०:१२
156
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्यका उम्मेदवार पवन थोकरको उम्मेदवारी मनोनयन खारेज भएको छ ।

नेकपा एकीकृत समाजवादीबाट खुल्ला सदस्यको रूपमा उम्मेदवारी दिएका थोकरको मनोनयन पत्र जाँच गर्ने क्रममा उक्त दलबाट पहिला नै दुई जनाको नाममा दर्ता भइसकेका कारण उम्मेदवारी मनोनयन खारेज भएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

खुल्ला सदस्यमा एउटै दलका दुई जनाले मात्रै उम्मेदवारी दिन पाउने भएकाले थोकरको उम्मेदवारी मनोनयन खारेज भएको शर्माले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *