जसपाका उम्मेदवारकाे घरदैलाे कार्यक्रममा डा. महतो सहभागी

डिसी नेपाल
२१ वैशाख २०७९ १३:३१

काठमाडौं। यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिरहाको कर्जन्हा नगरपालिकामा जनता समाजवादी पार्टीबाट मेयरमा उठेका युवा नेता केशबप्रसाद साह र उपमेयर लक्ष्मी कुमारी श्रेष्ठले चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन्।

युवा नेता साह कर्जन्हा नगरपालिकाको मुहार फेर्नको लागि आफ्नो उम्मेदारी भएको बताउँछन्। उनी विकासप्रेमी नेताको रुपमा परिचित छन्। उनी पार्टीको नगरअध्यक्षसमेत हुन्। नगरको समग्र विकासको लागि भूमिका खेल्ने प्रतिबद्धतासहित उनी चुनावी मैदानमा छन्। उपमेयरकी उम्मेद्धवार लक्ष्मी पनि नगरवासीहरुमाँझ लोकप्रिय छिन् । जसपाले यसपटक कर्जन्हाको नेतृत्वमा युवा तथा शिक्षित टिमलाई मैदानमा उतारेको छ।

पछिल्लो समय कर्जन्हामा जसपाको क्रेज बढ्दो छ। नेता डा. वीरेन्द्र प्रसाद महतोको क्षेत्र भएकोले पनि कर्जन्हामा जसपाको प्रभाव राम्रो देखिएको छ । चुनावी अभियानमा स्वयम डा. महतो पनि खटेका छन्। जनताको घरदैलोमा उनी पनि पुगेको देखिन्छ।

देशव्यापी रुपमा सत्ता गठबन्धनले चुनावी तालमेल गरेका छन्। तर, थुप्रै जिल्लामा गठबन्धनमा आवद्ध दलहरुबीच मित्रबत प्रतिष्पर्धा पनि भैरहेको छ । त्यस्तैमध्ये एक हो–कर्जन्हा नगरपालिका । जहाँ गठबन्धनमा आवद्ध दलहरुबीच पनि मित्रवत प्रतिष्पर्धा भैरहेको छ।

साह र श्रेष्ठको टिमलाई विजयी गराउन कर्जन्हा नगरपालिकामा राम्रो छाप छोडेका अञ्जनी राई, रेणु यादव र लालकिशोर यादवसहितका व्यक्तित्वहरु सक्रिय रुपमा लागिपरेका छन् । जसपाले ‘संघीयता, सुशासन र पहिचान, समृद्धिको लागि छातामा मतदान’ भन्ने मूल नारा बोकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *