लहानमा गठबन्धन उम्मेदवार चौधरी र एमालेका साहबीच द्विपक्षीय भिडन्त

डिसी नेपाल
२१ वैशाख २०७९ २२:५०

सिरहा । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह २०७९ को निर्वाचनको समय नजिकिँदै गर्दा गाउँगाउँमा विभिन्न आँकलनहरु सुरु भएको छ । जिल्लाको सवैभन्दा पुरानो र देशकै सवैभन्दा ठूलो नगरपालिका लहानमा यो पटक द्विपक्षीय भिड्न्त हुने देखिएको छ ।

लहान नगरपालिकामा यस निर्वाचनको लागि नेकपा एमालेका तर्फबाट निवर्तमान मेयर समेत रहेका मुनि साहले उम्मेदवारी दिएका छन् । उनको टक्करमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रको तर्फबाट साझा उम्मेद्वार नेपाली कांग्रेस सिरहा निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति महेश चौधरीले नगर प्रमुखमा उम्मेदवारी दिएका छन्।

नेकपा (एकीकृत समाजवादी)ले छुट्टै उम्मेदवारी दिएपनि साह र चौधरी नै चुनावी दौडको अग्रपङ्तिमा रहेका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको यो पालिकामा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस थियो ।

यस पटकको निर्वाचनमा सत्ता गठवन्धनमा रहेका जसपा र नेकपा माओवादी केन्द्रको समेत समर्थन र नेकपा एमाले विभाजन पछि लहानका नेताहरु नेकपा एसतर्फ नरहेकाले पनि साहको उम्म्दवारी कमजोर हुन गएको स्थानीयहरुले विश्लेषण गरिरहेको छ ।

अर्कोतर्फ सत्ता विरोधी नेपाली मानसिकताले पनि निवर्तमान मेयर साहको उम्मेदवारी कमजोर भएको अनुमान रहेको छ । यसअघि दुईपटक मेयर भईसकेकोले लहानबासीले नयाँ अनुहार खोजिरहेको कतिपयको भनाइ छ ।

चौधरी बाहुल्य लहानमा जातीय समीकरणले पनि यो पटक चौधरीलाई साथ दिने अनुमान गरिएको छ । २०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चौधरी समूदायबाट उम्मेद्वारी परेको थिए । यो पटक जातिय हिसावले पनि महेश चौधरीमात्र उम्म्देवार रहेका छन् । यसले जातीय मतले पनि चौधरीलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट मुनि साह ११ हजार ३ सय ७ मत सहित विजय भएका थिए । नेपाली काँग्रेसका अचमितलाल चौधरीले ९ हजार १ सय ३८ मत, तत्कालिन संघिय समाजवादी फोरमका बैजनाथ प्रसाद साह तेलीले ५ हजार ७ सय ३७, राष्टिय प्रजातन्त्र पार्टीका लगनलाल चौधरीले ४ हनार ४ सय ६५ मत रनेकपा माओवादी केन्द्रका खड्क नारायण चौधरीले २ हजार ४ सय ९६ मत प्राप्त गरेका थिए ।

लगनलाल चौधरी २०७४ को आम निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सासंद निर्वाचित भएका छन् । व्यवसाय, समाजसेवा र राजनीतिमा सक्रिय साह लहानका लागि अब्बल उम्म्दवार भएकोले मुनि साहको मत प्रभावित पार्ने ममता राख्ने लहान घर भएका त्रिविका इतिहास विषयका प्रध्यापक तथा राजनीतिक विश्लेषक विजय मिश्र बताउँछन् ।

कोभिड, जाडोमा उनले गरिब विपन्नलाई गरेको सहयोग जस्ता सामाजिक छविले पनि चौधरीलाई सघाउने उनी बताउँछन् । लहान नपामा २९ हजार २ सय २२ पुरुष र २६ हजार ९ सय ७६ महिला गरी ५६ हजार १ सय ९६ मतदाता रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *