क्युबाको होटेलमा विस्फोटः २२ जनाको मृत्यु, ५० घाइते

डिसी नेपाल
२४ वैशाख २०७९ ८:४९
84
Shares

हवाना। मध्यहवानाको पाँचतारे होटेलमा भएको शक्तिशाली विस्फोटमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ। ग्यास चुहावटपछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्।

साराटोगा होटेलमो शुक्रबार भएको सो विस्फोटमा फसेका व्यक्तिहरुको उद्धार प्रयास भइरहेको उद्धारकर्ताहरुले बताएका छन्। ‘विस्फोटमा दुर्भाग्यवश २२ जनाको मृत्यु भएको छ’, स्वास्थ्य मन्त्रालयको अस्पताल सेवाका प्रमुख जुलियो गुएराले पत्रकार सम्मेलनमा भने । यसअघि विस्फोटका कारण ९ जनाको मृत्यु भएको जनाइएको थियो।

विस्फोटमा दर्जनौं घाइते भएका मन्त्रालय र क्युबाली राष्ट्रपति कार्यालयले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *