युक्रेन युद्धमा रूसलाई सुरूदेखि सहयोग गर्दै आएको बेलारूस पछि हट्यो

डिसी नेपाल
२४ वैशाख २०७९ १३:२३
9.2k
Shares

काठमाडौं । युक्रेन र रुसबीच फेब्रुअरी २४ मा सुरु भएको युद्ध अझै जारी छ । २ महिनाभन्दा बढी समयदेखि चलिरहेको यो युद्धमा रुसले युक्रेनलाई ध्वस्त पारेको छ । धेरै सहर ध्वस्त भएका छन् । भवनहरु भग्नावशेषमा परिणत भएका छन् । सडक सुनसान बनेका छन् । क्षेत्रहरु खाली छन् । मानिसहरु ज्यान जोगाएर चारैतिर लुकेर बसेका छन् ।

यसैबीच, रूसले परमाणु आक्रमण गर्न सक्ने कुरा लगातार चर्चामा आइरहेको छ । कुनै बेला रुसलाई आणविक हमलाका लागि आफ्नो भूमि प्रयोग गर्न दिन तयार बेलारुस अहिले रुसले युक्रेनमा आणविक हमला गर्न सक्छ भन्ने कुराले डराएको छ । बेलारुसले भनेको छ – हामी कुनै पनि युद्ध स्वीकार गर्दैनौं। युद्ध नहोस् भनेर हामी निरन्तर प्रयासरत छौँ ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डे लुकासेन्कोले आणविक हतियारको प्रयोग पूर्णतया अस्वीकार्य भएको बताए । उनले भने ‘किनकि रूस हाम्रो छेउमा छ। हामी अमेरिका जस्तो महासागर पारि छैनौं। यदि परमाणु हमला भयो भने त्यसको नराम्रो असर हामीमाथि पनि पर्नेछ । यसले हामीलाई बर्बाद गर्न सक्छ।’ रुसले परमाणु हमला गर्ने कि नगर्ने भन्ने कुरा पुटिनले मात्रै बताउन सक्ने उनले बताए ।

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले युद्धको सुरुवातमा रुसलाई समर्थन गर्दै रुसको प्रतिरक्षा गरेका थिए । तर अब लुकासेन्को भन्छन् कि यो युद्ध यति लामो समय सम्म तानिन्छ भनेर उनलाई थाहा थिएन।

राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले भने ‘रुस हाम्रो छिमेकी हो, पुटिनसँग मित्रता छ भन्ने कुरा पनि सत्य हो तर हामी कुनै पनि हालतमा आफ्नो बर्बादी चाहँदैनौं ।’ उनले अगाडि भने ‘म एउटा कुरामा जोड दिन चाहन्छु कि यो लडाई अहिले धेरै हदसम्म बढेको छ । तर, यो अपेक्षा गरिएको थिएन।’

बेलारुसका राष्ट्रपतिले युक्रेनलाई आरोप लगाउँदै भने ‘युक्रेनले अझै पनि रुसलाई उक्साइरहेको छ जबकि हामी शान्तिको लागि अपील गरिरहेका छौं।’ लुक्सेन्कोले कुनै पनि युद्ध स्वीकार नगर्ने बताउँदै भने ‘हामी युद्ध नहोस् भनेर प्रयास गर्छौं। तर युक्रेनले रुसलाई उक्साएको छ । आफ्नो क्षेत्रमा सैन्य कारबाही भईरहेको छ, जनता मारिएका छन्, तर शान्ति वार्तामा उसको चासो छैन ।’

युक्रेनमा हमला गर्नुअघि रुसले सैन्य अभ्यासको बहानामा बेलारूसी क्षेत्रमा आफ्नो सेना तैनाथ गरेको थियो । त्यसपछि २४ फेब्रुअरीमा पुटिनले युद्धको घोषणा गरे र आफ्नो सेनालाई युक्रेन पठाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *