उत्तर कोरियाले १५ औं मिसाइल परीक्षण गर्‍यो, दक्षिण कोरियाले पनि परमाणु परीक्षण सुरु गर्ने घोषणा

डिसी नेपाल
२४ वैशाख २०७९ १४:४६
984
Shares

काठमाडौं । उत्तर कोरियाले शनिबार ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले उक्त क्षेप्यास्त्र पूर्वी तटमा रहेको जापान सागरमा प्रहार गरिएको बताएको छ । पछिल्ला केही दिनदेखि उत्तर कोरियाबाट परमाणु परीक्षणको डर छ । आणविक शक्ति सम्पन्न उत्तर कोरियाले बुधबार पनि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।

प्रक्षेपण गरिएको मिसाइल सबमरिन लन्च्ड ब्यालिस्टिक मिसाइल (एसएलबीएम) हो, जुन छोटो दूरीको मिसाइल हो। परीक्षणपछि जापानी रक्षा मन्त्रालयले आफ्ना तटरक्षकहरूलाई चेतावनी दिएको छ । यो वर्ष उत्तर कोरियाले गरेको १५ औं हतियार परीक्षण हो । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण जारी राखेको छ ।

युन सुक योल आगामी मे १० मा दक्षिण कोरियाको राष्ट्रपति बन्ने तय भएको छ । योल राष्ट्रपति बन्नुभन्दा केही दिनअघि नै उत्तर कोरियाले फेरि परीक्षण गरेर आफ्नो मनसाय प्रकट गरेको छ । यसअघि उत्तर कोरियाको रवैयालाई ध्यानमा राख्दै योलले दुई देशबीचको सैन्य सम्झौता रद्द गर्ने चेतावनी दिइसकेका छन् ।

यसबाहेक उनले दक्षिण कोरियाले फेरि परमाणु परीक्षण सुरु गर्ने स्पष्ट पारेका छन् । यसको अर्थ नयाँ सरकारले उत्तर कोरियालाई आफ्नै भाषामा जवाफ दिने तयारी गरिरहेको छ । चुनावी प्रचारका क्रममा योलले भनेका थिए–उत्तर कोरियाको आक्रमणबाट जोगाउन हामी पहिले आक्रमण गर्न सक्छौँ ।

उत्तर कोरियाले आणविक कार्यक्रम बन्द नगर्ने स्पष्ट पारेको छ । यसको हतियारले सारा संसारलाई धम्की दिन्छ, तर जापान र दक्षिण कोरियालाई सबैभन्दा गाह्रो छ। उत्तर कोरिया विरुद्ध ट्रम्पले अपनाएको रणनीति धेरै राम्रो थियो। त्यतिबेला वार्ताको बाटो खुलेको थियो तर अहिले त्यस्तो छैन ।

अमेरिका चुपचाप बसेको छ र किमले उक्साउन खोजिरहेका छन् । यो रणनीतिको खतरनाक परिणाम हुन सक्छ। जनवरीमा बाइडेनले सत्तामा सम्हाल्नुअघि पनि किमले क्षेप्यास्त्र परीक्षण गरेर उनलाई संकेत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *