३० हजार फिट उचाइमा उडिरहेको विमानमा ६ जना यात्रुबीच कुटाकुट (भिडियोसहित)

डिसी नेपाल
२४ वैशाख २०७९ १४:५९
4.2k
Shares

काठमाडौं । इंग्ल्याण्डको म्यानचेस्टरबाट नेदरल्याण्डको एम्स्टर्डमका लागि उडेको केएलएम एयरलाइन्सको विमानमा दुई समूहबीच झडप भएको छ । यो झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । म्यानचेस्टरदेखि सिफोलसम्मको आधा दुरी सकिँदा उडानमा यो झगडा सुरु भयो। भाइरल भिडियोमा दुई जना पुरुषले घुँडा टेकेर बसेका यात्रुलाई मुक्का हानेको देखिन्छ । उडान अवतरण गर्ने बित्तिकै, सबै ६ आरोपी डच उड्डयन ऐन अन्तर्गत पक्राउ परेका छन् ।

विमानमा रहेका यात्रुहरूले जातिय टिप्पणीका कारण झगडा सुरु भएको दाबी गरेका छन् । झगडाका विभिन्न भिडियो सार्वजनिक भएका छन् । विवाद यति बढेको थियो कि कप्तानलाई बचाउन आउनु पर्यो । त्यही क्रममा केबिन क्रुले सबैलाई सिटमा बस्न आग्रह गरिरहेका छन् । भिडियोमा सहयात्रुको आवाज पनि स्पष्ट सुनिन्छ, जसमा उनीहरुले ‘सभ्य व्यवहार गर, यो उडान हो, तल झर जस्ता कुराहरू भनेका छन् ।

त्यतिबेला विमानमा उपस्थित एक महिला यात्रुले उक्त घटनाको भिडियो बनाएकी थिइन् । त्यसपछि उनले ट्वीटरमा भिडियो पोस्ट गरिन्। यो भिडियो अहिलेसम्म १५ लाखभन्दा बढीले हेरिसकेका छन् । साथै २ हजारभन्दा बढी कमेन्ट आएको छ । धेरै प्रयोगकर्ताका लागि यो निकै स्तब्ध पार्ने घटना भएको छ, कसैले यो लाजमर्दो भनेका छन्। विमानमा धेरै बालबालिका रहेको महिला यात्रुले बताएकी छिन् ।

यो पूरै विवादपछि एयरलाइन्सको तर्फबाट विज्ञप्ति जारी गरिएको थियो । कम्पनीका प्रवक्ताले हिजो म्यानचेस्टरबाट एम्स्टर्डम उडान केएलएम १०७० मा केही यात्रुहरूले धेरै नराम्रो व्यवहार गरेको बताए। विज्ञप्तिमा भनिएको छ – ‘क्याप्टेन र केबिन क्रू मिलेर मामिला शान्त गराए । घटनामा संलग्न सबैलाई सिफोल विमानस्थल पुगेपछि कुनै ढिलाइ बिना पक्राउ गरिएको छ । हामी हाम्रा यात्रु र कर्मचारीहरूप्रतिको यस्तो व्यवहार सहन सक्दैनौं। यस घटनाबाट प्रभावित सबै यात्रुहरूप्रति हामी क्षमाप्रार्थी छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *