आइतवार यी काम गर्नुहोस्, तपाईका बाधा अड्चन हटेर जान्छ

डिसी नेपाल
२५ वैशाख २०७९ ८:४१
156
Shares
काठमाडौं । साताको पहिलो दिन आइतबार ज्योतिषशास्त्रका अनुसार सूर्य भगवानको पूजा आजा गर्ने दिन हो । आजको दिनमा भगवान सूर्यको पूजा उपासना गर्दा लाभ हुने धार्मिक मान्यता रहिआएको छ । शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैँ विहान सूर्य देवलाई अर्घ्य दिन्छ। उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन। तपाईंलाई सधैँ यसो गर्न समय मिल्दैन भने पनि आइतबार विहान चाहिँ सूर्यको उपासना गर्नुहोस्। यसो गर्दा तपाईको जिवनमा आइपर्ने बाधा अड्चन हटेर जान्छ ।
यसका साथै  तामाको धातुमा सूर्यका अधिपत्य रहेको हु्न्छ त्यसैले भगवान आदित्य नारयणलाई जल अर्पण गर्दा तामाको भाडोको प्रयोग गर्नुपर्छ । पानीको भाँडोमा अक्षता, रातो फूल तथा रातो खुर्सानीको केही दाना राख्नेले फाइदा हुन्छ ।

हरेक आइतवार गर्नुहोस् यी काम :

–आइतबारका दिन आफ्नो क्षमता अनुसार तामाको भाँडा, रातो कपडा, गहुँ, शखर र रातो चन्दन दान गर्नुहोस्

–ननुहाइकन सूर्य भगवानलाई जल अर्पण नगर्नुहोस्।

–आइतबारको दिन भगवान सूर्यलाई अर्घ्य दिएर दिनको शुरुवात गरेको खण्डमा साता भर सफता मिल्ने धार्मिक मान्यता रहेको छ।

–यदी तपाई आर्थिक समस्याबाट गुज्रिरहनु भएको छ वा कमाएको रकम आफ्नो साथमा टिक्दैन भने सूर्यको उपासना गर्नुहोस् जसबाट तपाईंलाई फाइदा पुग्छ ।

–आइतबार राति सुत्नुअघि एक गिलास दूध आफ्नो सिरानीको छेउमा राख्नुहोस् र सुत्नुहोस् । राति गिलास नढलोस् भन्ने कुरामा भने सतर्क हुन जरुरी छ । विहान उठेर नुहाएपछि उक्त दूधलाई बबूलको रुखको फेदमा चढाउँनुहोस् । यसो गर्दा तपाईको जिवनमा आइपर्ने बाधाअड्चन हटेर जान्छ ।

सुर्यलाई जल अर्पण गर्दा उच्चारण गर्ने मन्त्र:
–ॐ घृ‍णिं सूर्य्यस् आदित्यस्
– ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।।
– ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकरस्।
– ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ ।
–ॐ ह्रीं ह्रीं सूर्याय नमः ।
–ॐ सूर्याय नमस् ।
–ॐ घृणि सूर्याय नमस् ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *