भरतपुरमा छुरा प्रहारबाट युवकको हत्या

डिसी नेपाल
२६ वैशाख २०७९ ६:३४
1.0k
Shares

चितवन। चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएकाे छ। भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो।

भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो। छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार परियारका १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ। ‘घुँडाबाट माथि जताततै छुरा हानिएको छ। १० भन्दा बढी ठाउँमा छुरा हानिएको देखिन्छ’, स्रोतले भन्यो। घटनाको अनुसन्धानका लागि अधिकारीसहितको प्रहरी टोली चितवन मेडिकल कलेजमा पुगेको छ।

छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको अधिकारीले जानकारी दिए। परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । निर्वाचन नजिकिँदै जाँदा चितवनमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *