पुटिनले जघन्य अपराध गरेः क्यानडाका प्रधानमन्त्री ट्रुडो
किभ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट गरेका छन्। भेटपछि दुई नेताले पत्रकार सम्मेलन आयोजना गरेका थिए।
‘जघन्य युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोषी छन्’, ट्रुडोले भने। क्रुर युद्धका लागि राष्ट्रपति पुटिन जबाफदेही हुनुपर्ने उनले बताए । भ्रमणका अवसरमा ट्रुडोले किभस्थित क्यानाडाली दूतावासमा झण्डा फहराएका थिए।
‘क्यानाडा सधैं युक्रेनसँग काँधमा काँध मिलाएर उभिनेछ’, ट्रुडोले भने, ‘हामी युक्रेन र त्यहाँका जनतालाई हाम्रो समर्थन देखाउन यहाँ छौँ।’ पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनको दोनेत्स्कमा हमला गरेको छ। रुसी सेनाले एउटा विद्यालयमा गरेको हमलामा ६० जना मारिएको आशंका गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment