साउदीका राजाले गरे कोलोनोस्कोपी, किन गरियो यस्तो परीक्षण ?

डिसी नेपाल
२६ वैशाख २०७९ १०:२३
2.9k
Shares

काठमाडौं । साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजिजको जेद्दास्थित किंग फैसल स्पेशलिस्ट अस्पतालमा कोलोनोस्कोपी गरिएको थियो र त्यसको रिपोर्ट राम्रो आएको छ ।

साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएले आइतबार यो जानकारी दिएको हो । कोलोनोस्कोपी ठूलो आन्द्रा (कोलन) र मलाशय (रेक्टम) मा समस्याहरू जाँच गर्न गरिएको परीक्षण हो। यो परीक्षण कोलोन क्यान्सर जाँच गर्न गरिन्छ।

यसअघि मे ८ मा शाही अदालतले राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको बताएको थियो । ८६ वर्षीय राजा सलमानको सन् २०२० मा पित्त थैलीको शल्यक्रिया गरिएको थियो र यसै वर्षको मार्चमा उनको मुटुमा रहेको पेसमेकरको ब्याट्री बदलिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *