ताइवान नजिक चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास
बेइजिङ। चिनियाँ सेनाले ताइवाननजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ। संयुक्त लडाई अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ।
ताइवानले दाबी गरेको टापुनजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका बढिरहेका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो। पछिल्ला दुई वर्षदेखि ताइवाननजिकै चिनियाँ सैन्य गतिविधि बढेको ताइपेइले गुनासो गर्दै आएको छ।
सैन्य अभ्यास र गतिविधि वायु रक्षा पहिचान क्षेत्र वा टापुको एडीआइजेडको दक्षिणी र दक्षिणपश्चिमी भागमा सञ्चालन गरिएका छन्। १८ चिनियाँ विमानहरू आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार ताइवानको वायुसेनालाई ‘एक्सन’ मा राखिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment