यी ४ राशी भएकाहरुलाई हुँदैन पैसाको कमी
काठमाडौं । ज्योतिष शास्त्रमा सबै राशीको प्रकृति र भविष्यका बारेमा धेरै विशेष कुराहरू बताइएको छ । यस अनुसार कुनै–कुनै राशीका मानिस धनको हिसाबले निकै भाग्यमानी हुन्छन् । उनीहरुमा धनकी देवी लक्ष्मीको कृपा सदैव रही रहन्छ । उनीहरुले धेरै पैसा कमाउँछन् र विलासी जीवन बिताउँछन् भनिन्छ। आज हामी यी ४ भाग्यशाली राशी जस्लाई धनकी देवीको साथ हुन्छ ती राशी भएका व्यक्तिहरूका बारेमा बताउँछौं ।
यी राशिका मानिसहरु धेरै धनी हुन्छन्:
वृष राशीफलः ज्योतिषशास्त्र अनुसार वृष राशी भएका मानिसहरुलाई लक्ष्मी माताको कृपा हुन्छ भनिन्छ । उनीहरुलाई जीवनमा कहिले पनि पैसाको अभाव हुँदैन । उनीहरुले आफ्नो मिहिनेतबाट धेरै पैसा कमाउँछन्। हरेक कुरामा सफलता प्राप्त हुन्छ । उनीहरुले जीवनमा उच्च हैसियत पाउँछन् र फरक पहिचान बनाउँछन् । यी व्यक्तिहरू ३० वर्षको उमेरपछि अपार सम्पत्तिका मालिक बन्छन्।
कर्कट–कर्कट राशी भएका व्यक्तिहरूमा पनि माता लक्ष्मीको कृपा सधैं रहिरहन्छ। यी व्यक्तिहरू बुद्धिमान हुन्छन् र आफ्नो प्रतिभाबाट राम्रो पैसा कमाउँछन्। यस राशीका व्यक्तिहरूले आफ्नो जीवनमा सबै सुखसुविधा प्राप्त गर्छन्। कडा परिश्रमले करियरमा ठूलो सफलता प्राप्त गर्दछन् । उनीहरु आफ्नो परिवारको हरेक खुशीको पनि ख्याल राख्छन् ।
सिंह– सिंह राशीका व्यक्तिहरू धेरै राम्रा नेता हुन्। उनीहरुलाई सूर्य देवतासँगै देवी लक्ष्मीको पनि कृपा हुन्छ । उनीहरु आफ्नो प्रतिभा, मेहनतले आफ्नो स्थान बनाउँछन् र एकै समयमा धेरै पैसा कमाउँछन्। यी मानिसहरूले महँगो शौकहरू लिन्छन् र आफ्नो जीवनमा धेरै खर्च गर्छन्। यसपछि पनि जीवनमा पैसाको कमी हुँदैन । बरु धेरै धनको मालिक बन्छन्।
वृश्चिक– वृश्चिक राशी भएका व्यक्तिहरूप्रति माता लक्ष्मी सधैं दयालु हुन्छिन्। अचम्मको कुरा यो हो कि उनीहरूले पैसा कमाउन कडा परिश्रम पनि गर्नुपर्दैन। उनीहरूले सजिलै विलासी जीवन र बैंक ब्यालेन्स प्राप्त गर्छन्। यी मानिसहरु धेरै चलाख हुन्छन् र भाग्यले पनि साथ दिन्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment