पर्सा र बारा जिल्लामा मदिरा ओसारपोसार तथा बिक्री वितरणमा रोक

डिसी नेपाल
२६ वैशाख २०७९ १३:३०
36
Shares

वीरगंज। आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा र बारा जिल्लामा यही वैशाख २७ गते राति १२ बजेदेखि मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको छ।दुबै जिल्लाका सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको हो ।

भोलि राति १२ बजदेखि नेपाल भारत सिमामा आवागमन बन्दसँगै जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्द लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

यता बारा जिल्लामा पनि बैशाख २७ गते राति १२ बजदेखि निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका लागि जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकरी शिवराज सेडाइँले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *