फिलिपिन्समा राष्ट्रपति निर्वाचनः प्रारम्भिक गणनामा पूर्वतानाशाहका छोराको अग्रता
मनिला। फिलिपिन्सका पूर्वतानाशाहका छोराले देशको राष्ट्रपति चुनावमा प्रारम्भिक अग्रता लिएका छन्। फर्डिनान्ड बोङ्बोङ मार्कोस जुनियरले आफ्ना प्रतिद्वन्द्वीको तुलनामा अग्रता कायम गरेका छन्।
फर्डिनान्डले १ करोड ८० लाख मत प्राप्त गरेका र उनका प्रतिद्वन्द्वीले ८५ लाख मत प्राप्त गरेका एउटा अनौपचारिक तथ्यांकले देखाएको छ। मत सर्वेक्षणले भविष्यवाणी गरे जस्तै मार्कोेस विजयी भएमा ३६ वर्षअघि जनताको विद्रोहद्वारा सत्ताच्युत गरिएको मार्कोस वंशको सत्तामा पुनरागमन हुनेछ।
मार्कोसका मुख्य प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति लेनी रोब्रेडो उदारवादी नेताका रुपमा परिचित छन्। सन् २०१६ मा जस्तै आधिकारिक रूपमा विजेता घोषणा हुन केही दिन लाग्ने अनुमान गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment