श्रीलंकामा सांसदले प्रदर्शनकारीमाथि गोली चलाए अनि आफूलाई पनि गोली हानेर आत्महत्या गरे

डिसी नेपाल
२७ वैशाख २०७९ १०:४९
700
Shares

काठमाडौं । श्रीलंकामा सरकारका समर्थक र विपक्षीबीच भएको हिंसात्मक झडपमा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैलाई गोली हानेका छन् । कोलम्बोको बाहिरी क्षेत्रमा घटना भएको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएको प्रहरीले जनाएको छ। गोली लागेर एक जनाको मृत्यु भएको छ ।

त्यसपछि जनताको आक्रोशबाट बच्न सांसदले नजिकैको भवनमा लुक्ने प्रयास गरे । तर आक्रोशित मानिसहरूले पूरै भवनलाई घेरा हालेका थिए। मानिसले घेरेको देखेर सांसदले आफैँलाई गोली हानेका थिए, जसका कारण उनको मृत्यु भएको थियो ।

श्रीलंकामा सोमबारदेखि सरकार समर्थक र विपक्षीबीच झडप सुरु भएको छ । कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएका छन् ।

उनीहरूलाई कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ । सरकार समर्थक प्रदर्शनकारीहरूले गाले फेसमा विरोध गरिरहेका मानिसहरूको पाल उखेल्न थालेपछि झडप सुरु भएको हो। सरकार समर्थकहरुले आन्दोलनकारीमाथि आक्रमण गरेपछि हिंसा सुरु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *