अपाङ्गता भएका किशोरलाई एयरलाइन्सले अस्वीकार गरेपछि चौतर्फी विरोध

डिसी नेपाल
२७ वैशाख २०७९ १२:२१
508
Shares

नयाँ दिल्ली। भारतमा एउटा घरेलु एयरलाइन्सले एक अपाङ्गता भएका किशोरलाई आफ्नो उडानमा चढ्न इन्कार गरेको विषयलाई लिएर त्यसको चौतर्फी विरोध भएको छ। एयरलाइन्सले विभेदपूर्ण व्यवहार देखाएको सर्वसाधारणले गुनासो गरेका छन्। भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले त्यसबारे अनुसन्धान सुरु गरिएको बताएका छन्।

इन्डिगो एयरलाइन्सले आफूहरूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएको छ। समावेशी संगठन भएकोमा आफूलाई गौरव महशुस भएको पनि कम्पनीले दाबी गरेको छ। उनी अन्य यात्रीका लागि जोखिमपूर्ण भएको एयरलाइन्सका कर्मचारीहरूले बताएका थिए।

मन्त्री सिन्धियाले दोषीलाई उचित कारबाही गर्ने वाचा गर्दैै आफूले व्यक्तिगत रूपमा घटनाको अनुसन्धान गरिरहेको बताए। ‘यस्तो व्यवहारप्रति शून्य सहनशीलता छ। कुनै पनि मानिसले यसबाट गुज्रनु पर्दैन’, उनले ट्वीटरमा लेखे।

घटनाबारे नागरिक उड्डयन महानिर्देशनालयले पनि एयरलाइनसँग रिपोर्ट मागेको छ। विमानकी सहयात्री मनिषा गुप्ताले फेसबुकमा लेखेपछि राँची विमानस्थलमा भएको सो घटनाका बारेमा सार्वजनिक भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *