पाकिस्तानी प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले अस्वीकृत गरिदिए

डिसी नेपाल
२७ वैशाख २०७९ १३:५५
3.3k
Shares

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले पञ्जाबका गभर्नर उमर सरफराज चीमालाई हटाउने प्रधानमन्त्री शहबाज सरिफको सुझावलाई अस्वीकार गरेका छन्।

सोमबार राति राष्ट्रपति कार्यालयले ट्विट गर्दै यस निर्णयको कारण विस्तृतमा बताएको छ । राष्ट्रपति कार्यालयले पञ्जाबका गभर्नरलाई राष्ट्रपतिको स्वीकृतिबिना हटाउन नसकिने बताएको छ ।

राष्ट्रपतिको कार्यालयले पाकिस्तानको संविधानको धारा १०१(३) अनुसार राष्ट्रपतिको मञ्जुरी नभएसम्म उनी गभर्नर पदमा रहने भनेको छ ।

राष्ट्रपति आरिफ अल्वीले पनि पञ्जाबका गभर्नरमाथि कुनै गल्तीको आरोप नलागेको र कुनै पनि मुद्दामा उनलाई कुनै अदालतले दोषी ठहर नगरेको पनि बताएका छन्।

पञ्जाबका वर्तमान गभर्नर उमर सरफराज चीमाले आफूलाई हटाउनका लागि कुनै असंवैधानिक काम नगरेको पनि उनले बताए।

शाहबाज सरिफको सरकारले गत हप्ता चिमलाई हटाउन राष्ट्रपतिलाई सिफारिस पठाएको थियो। आफ्नो सत्ताको अन्तिम दिनमा इमरान खानले चीमालाई पञ्जाबको गभर्नर नियुक्त गरेका थिए ।

हालै, चीमाले हम्जा शाहबाजलाई मुख्यमन्त्रीको रूपमा सपथ गराउन अस्वीकार गरेपछि पञ्जाबमा संवैधानिक संकट आयो। पछि, लाहोर उच्च अदालतले यस मामिलामा हस्तक्षेप गर्‍यो र त्यसपछि राष्ट्रिय सभाका अध्यक्षले हमजालाई सपथ गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *