न्युजिल्यान्डले ३१ जुलाइदेखि अन्तर्राष्ट्रिय सीमाना खोल्ने

डिसी नेपाल
२८ वैशाख २०७९ ९:२९
84
Shares

अकल्यान्ड। न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले ३१ जुलाईदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमानाहरू पूर्ण रूपमा खोल्ने बताएकी छिन्। सोही दिन स्थानीय बन्दरगाहमा क्रुज जहाजहरूलाई पनि स्वागत गरिने उनले जानकारी दिइन्।

सरकारले यसअघि तोकेको समयभन्दा दुई महिना अगाडि अर्थात जुलाईको अन्त्यमा सीमा खोल्न लागिएको हो । भिसा चाहिने आगन्तुकहरू अब न्युजिल्याण्ड आउन सक्नेछन्।

अकल्यान्डमा बिजनेश एनजेडको दिवाभोजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिमाना खोल्दा तत्काल सीप अभाव हट्ने, पर्यटन क्षेत्रलाई फाइदा हुने र अध्यागमन सेटिङलाई अझ सुरक्षित तहमा राख्न मद्दत पुग्ने विश्वास गरिन्।

‘हामी न्युजिल्याण्डको आर्थिक भविष्य सुरक्षित गर्न हामी प्रमाणित योजनामा निर्माण गर्दैछौँ’, प्रधानमन्त्रीले भनिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *