अल जजीराकी पत्रकारलाई इजरायलले गोली हानेर मारिदियो
काठमाडौं । कतारको न्यूज च्यानल अल जजिराकी संवाददाता शिरिन अबु अकलेहलाई इजरायली सुरक्षा बलले गोली हानेर मारिदिएको छ । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा समाचार रिपोर्टिङको काममा रहेककी शिरिनलाई गोली हानेर मारिएको हो ।
अकलेह जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणको घटनालाई कभर गर्दै थिइन् । अल जजीराको वेस्ट बैंक संवाददाता निदा इब्राहिमले शिरिन अबु अकलेहको मृत्युको अवस्था स्पष्ट नभएको तर घटनाको भिडियोमा अबु अकलेहको टाउकोमा गोली लागेको देखिएको बताएकी छिन् ।
Israeli occupation forces assassinated our beloved journalist Shireen Abu Akleh while covering their brutality in Jenin this morning. Shireen was most prominent Palestinian journalist and a close friend. Now we will hear the “concerns” of the UK govt & the international community pic.twitter.com/M6lKTbceHJ
— Husam Zomlot (@hzomlot) May 11, 2022
इब्राहिमले भनिन्, “अहिलेको लागि के थाहा छ भने प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले उनको मृत्युको घोषणा गरेको छ। शिरिन अबु अक्लेह जेनिनका घटनाहरू कभर गरिरहेकी थिइन्। विशेष गरी इजरायली कब्जा गरिएको वेस्ट बैंकको उत्तरमा रहेको एउटा शहरमा इजरायली सेनाले गरेको आक्रमणलाई कभर गर्दा उनको टाउकोमा गोली लागेको थियो।’







डिसी नेपाल







Facebook Comment