श्रीलंकाको प्रधानमन्त्री बन्न साजिथ प्रेमदासा तयार तर राखे यस्तो शर्त

डिसी नेपाल
२८ वैशाख २०७९ १२:२८

काठमाडौं । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको अवस्था झन खराब हुँदै गइरहेको छ । यो छिमेकी मुलुक जनताको आक्रोशमा जलिरहेको छ, जसको निशानामा महिन्दा राजापाक्षेसँगै उनको मन्त्रिपरिषद्मा मन्त्री रहेका नेता–सांसद पनि छन् ।

आगजनी, हिंसाका घटनाका बीच स्थिति नियन्त्रणमा लिन सेना फेरि सडकमा उत्रिएको छ । अहिले त्यहाँ पुनः आपतकाल लगाइएको छ र सडकमा आगजनी गर्ने प्रदर्शनकारीलाई देख्नेबित्तिकै गोली हान्न आदेश दिइएको छ ।

अस्थिरताका बीच श्रीलंकामा विपक्षी दलका नेता सजिथ प्रेमदासालाई प्रधानमन्त्री बनाइने सम्भावना छ । यसैबीच सांसद लक्ष्मण किरिएलाको बयान आएको छ । लक्ष्मणले भनेका छन् साजिथ प्रेमदासाको एउटा शर्त छ । राष्ट्रपतिले पदबाट राजीनामा दिएपछि मात्रै उनी प्रधानमन्त्री बन्नेछन् ।’

राष्ट्रपति गोटाबाया राजापाक्षे भर्खरै राजिनामा दिएका प्रधानमन्त्री महिन्दा राजापाक्षेका भाइ हुन्। राष्ट्रपति गोटबायाले यसअघि नै साजिथलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बन्न निम्तो दिएका थिए, जसलाई साजिथले अस्वीकार गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *