पुटिनले रूसमा ‘मार्शल ल’ लागू गर्न सक्ने

डिसी नेपाल
२८ वैशाख २०७९ १४:३२

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध चर्किरहेको छ । दुई महिनाभन्दा बढी समयदेखि जारी युद्धको बीचमा विश्वको नजर हरेक दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि छ । युक्रेनमा जारी द्वन्द्वको बीचमा पुटिनले कस्तो कदम चाल्छन् भन्ने प्रतिक्षाका साथ विश्वले पुटिनलाई हेरिरहेको छ ।

अब अमेरिकी गुप्तचर प्रमुखले भ्लादिमिर पुटिनले रुसमा मार्सल ल लागू गर्न सक्ने दाबी गरेका छन् । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकी गुप्तचर प्रमुखले रुसी राष्ट्रपति पुटिनले युद्धलाई ध्यानमा राखेर यस्तो कदम चाल्न सक्ने दाबी गरेका छन् ।

रसियामा मार्सल ल लागू हुने अनुमान गरिएको यो पहिलो पटक होइन। युक्रेन युद्ध सुरु भएको केही समयपछि नै यस्तो अनुमान गरिएको थियो । तर, तत्कालीन समयमा रुसी राष्ट्रपति पुटिनले यस्ता अनुमानलाई खारेज गरेका थिए । पुटिनले स्पष्ट रुपमा भनेका थिए कि जहाँ बाहिरी आक्रमण हुन्छ त्यहाँ मार्सल ल लगाइन्छ ।

भ्लादिमिर पुटिनले पनि रुसमा त्यस्तो अवस्था नदेखेको र त्यस्तो अवस्था नआउने पनि बताएका छन् । पुटिनको भनाइ पछि अनुमानको क्रम समाप्त भयो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मे ९ को योजनाको बारेमा विश्वभर धेरै चर्चा भएको थियो ।

पुटिनले मे ९ मा विजय दिवसका दिन आफ्ना शत्रु देशहरूमाथि आक्रमणको घोषणा गर्न सक्छन् भन्ने डर बेलायतलाई थियो । रुसको शत्रु देशको श्रेणीमा युक्रेनलाई खुलेर समर्थन गर्ने देश पनि पर्छन् । यो पनि विश्वास गरिएको थियो कि पुटिनले विजय दिवसमा युक्रेनमा विजयको घोषणा गर्न सक्छन्।

रूसी विजय दिवस पनि बितिसकेको छ र सबै अनुमानहरू गलत साबित भएका छन्। अब अमेरिकी गुप्तचर प्रमुखको अनुमान सही साबित हुन्छ वा त्यो पनि अनुमान मात्रै रहन्छ, समयले बताउनेछ। उल्लेखनीय कुरा के छ भने युद्ध सुरु हुनुअघिदेखि नै पुटिनले आफ्नो कदमले विश्वलाई चकित पार्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *