भाजपा सांसद दिया कुमारीको दाबी- ताजमहल हाम्रो सम्पत्ति, शाहजहाँले हाम्रो दरबार कब्जा गर्‍यो

डिसी नेपाल
२८ वैशाख २०७९ १७:३७

काठमाडौं । जयपुरको पूर्व शाही परिवारले आगराको ताजमहलमाथि दाबी गरेको छ । जयपुरको पूर्व शाही परिवारकी राजकुमारी तथा भाजपा सांसद दिया कुमारीले ताजमहल आफ्नो सम्पत्ति भएको बताएकी छन् ।

उनले भनिन् ‘ताजमहल हाम्रो पारिवारिक महलको सम्पत्तिमा बनेको छ।’ दिया कुमारीले आफूसँग कागजात रहेको दाबी गरेकी छिन् जसले ताजमहल पहिले जयपुरको पूर्व शाही परिवारको दरबार थियो भन्ने देखाउँछ। जसलाई शाहजहाँले कब्जा गरेका थिए ।

दिया कुमारीले आफ्नो पीडा पोख्दै भनिन्, ‘जब शाहजहाँले जयपुर परिवारको त्यो दरबार र जग्गा लिएका थिए, त्यतिबेला मुगल सरकार थियो । त्यसैले उनको प्रतिरोध गर्न सकिएन ।’ उनले आज पनि सरकारले कुनै जग्गा अधिग्रहण गरे त्यसको बदलामा मुआब्जा दिने गरेको बताइन् । तर ताजमहलको बदलामा कुनै क्षतिपूर्ति नदिइएको आफूले सुनेको उनले बताइन् । त्यसबेला उनको विरुद्धमा पुनरावेदन गर्न वा उसको विरुद्धमा केही गर्न सक्ने कानुन नभएको उनले बताइन् ।

दिया कुमारीले बन्द कोठा खोलेर पहिले ताजमहल के थियो भनेर पत्ता लगाउनु पर्ने बताइन् । उनले भनिन्, ‘ताजमहल भत्काउनुपर्छ भनेर म भन्दिन, तर यसको कोठाहरू खोलिनुपर्छ । उनले ताजमहलका केही कोठा बन्द रहेको बताइन् । ‘त्यहाँ केही भाग लामो समयसम्म सिल गरिएको छ। यसबारे पक्कै पनि छानबिन हुनुपर्छ र खोलिनुपर्छ ताकि त्यहाँ के थियो, के थिएन थाहा पाउन सकियोस्’ उनले भनिन् ‘ ती सबै तथ्यहरू तब मात्र स्थिर हुनेछन् जब एक पटक उचित छानबिन हुन्छ र जब अदालतले ताजमहल पहिले के थियो भनेर जान्न आदेश दिनेछ।’

के हो ताजमहल विवाद ?

अयोध्याका बीजेपी नेता डा. रजनीश सिंहले ताजमहललाई लिएर उत्तर प्रदेशको इलाहाबाद उच्च न्यायालयको लखनउ बेन्चमा याचिका दायर गरेका छन्। आफ्नो निवेदनमा डा सिंहले लामो समयदेखि बन्द रहेका ताजमहलका २२ वटा कोठा खोलेर भारतीय पुरातत्व सर्वेक्षण विभाग (एएसआई)सँग सर्वेक्षण गर्न माग गरेका छन् । याचिकाकर्ताले ताजमहलमा हिन्दू देवी-देवताहरूको मूर्ति र शिलालेख हुन सक्ने बताएका छन्। सर्वेक्षण गरिएपछि थाहा हुन्छ कि ताजमहलमा हिन्दू मुर्ति र शिलालेख छन् कि छैनन् ?

सन् १९६५ मा इतिहासकार पीएन ओकले आफ्नो पुस्तकमा ताजमहल शिव मन्दिर भएको दाबी गरेका थिए । २०१५ मा आगराको सिभिल कोर्टमा ताजमहललाई तेजोमहालय मन्दिरको रूपमा घोषणा गर्न याचिका दायर गरिएको थियो। २०१७ मा बीजेपी सांसद विनय कटियारले यूपी सीएम योगी आदित्यनाथलाई ताजमहललाई तेजोमहालय घोषणा गर्न माग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *